३ अर्बको ल्यापटप र नोटबुक आयात

Technology Khabar १० माघ २०७९, मंगलवार

३ अर्बको ल्यापटप र नोटबुक आयात

काठमाडौं ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ३ अर्ब ९ करोड ५२ लाख रुपैयाँको ल्यापटप र नोटबुक आयात भएको छ। भन्सार विभागको तथ्यांक अनुसार पुस मसान्तसम्म उक्त रकम बराबरको ४५ हजार ९७८ यूनिट ल्यापटप र नोटबुक आयात भएको हो।

विभागको तथ्यांक अनुसार नेपालमा ३० ओटा मुलुकबाट ल्यापटप तथा नोटबुक आयात भएका छन्।

चीनबाट २ अर्ब ९९ करोड ३७ लाख ६९ हजार रुपैयाँ बराबरको ४४ हजार २७४ यूनिट ल्यापटप तथा नोटबुक आयात भएको छ।

Global Bank
easy care

प्रकाशित: १० माघ २०७९, मंगलवार

ताजा समाचार