६ महिनामा पौने ७ अर्बको १३ हजार ७७२ ईभी नेपाल भित्रियो

Technology Khabar १० माघ २०७९, मंगलवार

६ महिनामा पौने ७ अर्बको १३ हजार ७७२ ईभी नेपाल भित्रियो

काठमाडौं ।

चालू आर्थिक वर्ष २०७९/८० को पहिलो ६ महिनामा १३ हजार ७७२ यूनिट विद्युतीय सवारीसाधन नेपालमा आयात भएका छन्। भन्सार विभागको तथ्यांक अनुसार चालु आवको पुस मसान्तसम्म ६ अर्ब ७७ करोड ७ लाख रुपियाँ मूल्यका इलेक्ट्रिक सवारी नेपाल भित्रिएका हुन्।

विभागको तथ्यांक अनुसार चालु आवको पहिलो ५ महिनामा नेपालमा सबैभन्दा धेरै इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल आयात भएका छन्।

उक्त अवधिमा ६५ करोड २८ लाख ६३ हजार रुपियाँ बराबरका ५ हजार १३३ यूनिट इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल आयात भएका छन् यस्तै विद्युतीय मोटरजडित साइकल ११ करोड ५१ लाख ३० हजार रुपैयाँ बराबरको ३ हजार ४२ युनिट आयात भएको देखिन्छ।

उक्त अवधिमा ३७ करोड ५८ लाख ६४ हजार रुपैयाँ बराबरको ३ हजार ८४८ युनिट इलेक्ट्रिक तीनपंग्रे पनि आयात भएका छन् । विद्युतीय कार तथा जिप १ हजार ७४९ यूनिट आयात भएको देखिन्छ। विद्युतीय कार तथा जिप ४ अर्ब ९२ करोड ९१ लाख ४५ हजार रुपैयाँको आयात भएका छन्।

चालु आवको पुससम्ममा ४५ करोड ६७ लाख ५२ हजार रुपियाँ बराबरको ३७ युनिट विद्युतीय बस आयात भएका छन्। भने १९ करोड १७ लाख ४६ हजार रुपियाँ बराबरको ७९ युनिट विद्युतीय माइक्रो बस पनि आयात भएका छन् ।

यो अवधिमा पेट्रोलियम र विद्युत् दुवैले चल्ने हाइब्रिड सवारीसाधन ८ करोड ४३ लाख ५१ हजार रुपैयाँ बराबरको १७ युनिट आयात भएका छन्।

easy care

प्रकाशित: १० माघ २०७९, मंगलवार