एक महिनाभित्र अनलाइन टिकट शुरु गर्न नेपाल एयरलाइन्सलाई पर्यटन मन्त्रीको निर्देशन

Technology Khabar ९ माघ २०७९, सोमबार

एक महिनाभित्र अनलाइन टिकट शुरु गर्न नेपाल एयरलाइन्सलाई पर्यटन मन्त्रीको निर्देशन

काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को अनलाइन टिकटको व्यवस्था गर्न निगमलाई निर्देशन दिएका छन्।

पर्यटनमन्त्रीको जिम्मेवारी सम्हालेपछि नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को नयाँ सडकस्थित मुख्यालयमा निगमको निरीक्षण र गतिविधिबारे जानकारी लिँदै पर्यटनमन्त्री किरातीले १ महिनाभित्रै अनलाइन टिकेटिङ्ग मिलाउन भनेका हुन्।

सर्वसाधारणले टिकट नपाउने तर, दलालले बिक्री गर्ने गरेको विकृति पाइएको भन्दै मन्त्री किरातीले एक महिनाभित्र अनलाइन टिकटको व्यवस्था गर्न निगमलाई निर्देशन दिए।

“यो सक्नुपर्छ यतिले सक्छ, बुद्धले सक्छ, सिताले सक्छ, यसले नसक्ने भन्ने हुँदैन्, उनले भने, “यहि सकिएन भने त काम गर्न सकिन्न; राजीनामा दिए भईगयो नी।”

उनले जहाज समयमै उडाउन, सेवालाई सरल र प्रभावकारी बनाउनका साथै निगमको वार्षिक रुपमा आर्थिक अवस्था र निगमको समग्र कार्ययोजना ल्याउन पनि निगमलाई आग्रह गरे।

easy care

प्रकाशित: ९ माघ २०७९, सोमबार