वनप्लसले मोबाइल वर्ल्ड कंग्रेसमा कन्सेप्ट फोन प्रस्तुत गर्नसक्ने

Technology Khabar ९ माघ २०७९, सोमबार

वनप्लसले मोबाइल वर्ल्ड कंग्रेसमा कन्सेप्ट फोन प्रस्तुत गर्नसक्ने

काठमाडौं ।

वनप्लसको ‘कन्सेप्ट फोन’ चाँडै मोबाइल वर्ल्ड कांग्रेसमा देख्न सकिन्छ। मोबाइल वर्ल्ड कंग्रेस २०२३ (एमडब्लुसी २०२३) स्पेनमा फेब्रुअरी २७ देखि मार्च ३ सम्म आयोजना हुने तय गरिएको छ। बार्सिलोनामा हुन लागेको यो इभेन्टमा चिनियाँ स्मार्टफोन निर्माता कम्पनीले कन्सेप्ट फोन प्रस्तुत गर्न सक्नेछ।

हालसम्म कम्पनीले कार्यक्रममा आफ्नो उपस्थितिको घोषणा गरेको छैन। तर एक टिपस्टरले यसको बारेमा केही महत्त्वपूर्ण जानकारी दिएका छन्।

वनप्लस कम्पनीले कार्यक्रमको लागि कुनै आधिकारिक घोषणा गरेको छैन, तर टिपस्टर म्याक्स जाम्बोरले दावी गरेका छन् कि कम्पनीले कार्यक्रममा आफ्नो कन्सेप्ट फोन अनावरण गर्न सक्छ। यसलाई वनप्लस कन्सेप्ट टु भनिएको छ। डिभाइसको बारेमा अहिलेसम्म कुनै ठोस जानकारी छैन। तर यो पक्कै भन्न सकिन्छ कि कन्सेप्ट डिभाइसमा कम्पनीले केहि यस्तो प्रविधि ल्याउने गर्दछ जुन पूर्णतया नयाँ रहेको हुन्छ। यसका साथमा यसअघि कहिल्यै बजारमा नआएका फिचरहरु समेत हुने गर्दछन्।

कन्सेप्ट फोन पछि यी सुविधाहरू मेनस्ट्रीम बजारमा ल्याइएका हुन्छन्। वनप्लस कन्सेप्ट टु (OnePlus Concept Two) ले कम्पनीको वनप्लस कन्सेप्ट वान को पाइला पछ्याउन सक्छ जुन कम्पनीले लगभग तीन वर्ष पहिले सीईएसमा प्रस्तुत गरेको थियो। त्यसबेला कम्पनीले लेदर टेक्स्चरयुक्त ब्याक प्यानल डिजाइन दिएको थियो। यसमा सुन्तला रंगको छायाँ थियो र बीचमा कालो रंगको स्ट्रिप दिइएको थियो। तर यो अवधारणाले यसलाई मूलधारको बजारमा कहिल्यै पुर्याएन।

यस बाहेक कम्पनीले आफ्नो फोल्डेबल फोन पनि एमडब्लुसी २०२३ मा प्रस्तुत गर्न सक्ने सम्भावना पनि व्यक्त गरिएको छ।

 

प्रकाशित: ९ माघ २०७९, सोमबार