टाटा सिएरा इलेक्ट्रिकमा आउँदै, रेञ्ज ४३७ किलोमिटर

Technology Khabar ९ माघ २०७९, सोमबार

टाटा सिएरा इलेक्ट्रिकमा आउँदै, रेञ्ज ४३७ किलोमिटर

काठमाडौं ।

टाटा मोटर्सले अटो एक्स्पो २०२३ मा प्रस्तुत गरेको आफ्नो एसयूभी सिएराको इलेक्ट्रिक मोडल २०२५ मा सार्वजनिक गर्ने योजना बनाएको छ। कम्पनीले इलेक्ट्रिक सिएरा एसयूभीको तस्विर आफ्नो आधिकारिक वेबसाइटमा अपलोड गरेको छ।

सिएरा ईभीको बाहिरी डिजाइन पुरानो सिएरा मोडलकै समान छ। डिजाइन बक्सी छ र चारै तर्फ हल्का स्पोकी भएकाले यसको डिजाइन खास भएको ड्राइभस्पार्कले उल्लेख गरेको छ। फ्रन्टमा सिंगल स्लीक एलईडी लाइट बार छ जसमा एलईडी टर्न इन्डिकेटर पनि देख्न सकिन्छ। यसबाहेक लाइन बम्परमा पियानो ब्ल्याक कन्ट्रास्टको साथ डाइ कट बर्डीहरु छन्। साथै फ्रन्ट बम्परको सिल्भर गार्निशले यसमा थप आकर्षण थपेको छ।

साइड प्रोफाइलनमा टाटाले छलसँग मिल्ने ठूलो क्वार्टर गिलास राखेको छ। पूरानो सिएराले आफ्नो डिजाइनबाट बजारमा लोकप्रियता र विशिष्टता हासिल गरेको छ। त्यसले टाटा क्वार्टर ग्लासलाई आगामी मोडलमा विशेष डिजाइनको रुपमा राखेको छ।

यस्तै ईभीमा डायमन्ड कट सिल्भर र ब्ल्याक कन्ट्रास्ट अलोए ह्वील पनि दिइएको छ। शोकेस गरिउको मोडल ५ डोर भर्सन थियो भने क्वार्टर ग्याल डिजाइन ३ डोर एसयूभी जस्तो देखिन्छ।

पछिल्लो भाग तर्फ सिएराकाृ एक बक्सी लेआउटका साथ एउटा लामो बडी डिजाइन दिइएको छ। यसको खास आकर्षण सिंगल एलईडी लाइट बार हो। जसलाई ब्रेक लाइट र टर्न इन्डिकेटरमा पनि लगाइएको छ। टाटाले यसलाई रफ एण्ड टफ लुक दिनका लागि रियरमा पनि ब्ल्याक कोडिङको प्रयोग गरेको छ।

इन्टिरियर सिएरा इलेक्ट्रिक एसयूभीको खास भागमध्येको एक हो। बाहिरी डिजाइन पनि आकर्षक भएता पनि केबिनको डिजाइन एक कदम अघि छ। यसमा सिल्भर र ब्ल्याक कन्ट्रास्टको साथ मिनिमलिस्टिक डिजाइट छ। यसका साथै टाटाले ड्यासबोर्डमा ठूलो डिजिटल स्क्रीन दिएको छ।

मुख्य स्क्रीनमा एक इन्फोटेनमेन्ट डिस्प्ले छ भने ड्राइभर कन्सोल पूर्ण रुपमा डिजिटल छ। स्टेयरिङ ह्वीलको डिजाइन केही हदसम्म ४ स्पोकको पुरानो मोडल जस्तै छ।

सिएरा इलेक्ट्रिकमा टाटा नेक्सन ईभी म्याक्सको भन्दा ठूलो ब्याट्री प्याक हुनेछ। यसको ४०.५ ब्याट्रीले एआरएआई सर्टिफाइड ४३७ किलोमिटर रेञ्ज प्रदान गर्छ। यसको इलेक्ट्रिक मोटरले १४३ बीएचपी पावर र २५० एनएम टर्क जेनेरेट गर्छ।

प्रकाशित: ९ माघ २०७९, सोमबार