जीएमले ग्यासोलिन इन्जिन र ईभी कम्पोनेन्टहरुमा अमेरिकी प्लान्टमा ९१८ मिलियन डलर लगानी गर्ने

Technology Khabar ९ माघ २०७९, सोमबार

जीएमले ग्यासोलिन इन्जिन र ईभी कम्पोनेन्टहरुमा अमेरिकी प्लान्टमा ९१८ मिलियन डलर लगानी गर्ने

काठमाडौं ।

जनरल मोटर्सले आफ्नो छैठौं जेनेरेनको सानो ब्लक भी ८ इन्जिन निर्माण र ईभी उत्पादनलाई सपोर्ट गर्न अमेरिकाको चार प्लान्टहरुमा ९१८ मिलियन अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ।

अमेरिकाको ठूला अटोमेकरले आफ्नो हालको ग्यासोलिन इन्जिन सवारीमा लगानी जारी राख्दै ईभी उत्पादन बढाउनका लागि दुई आयामी रणनीति लिएको छ। जुन कम्पनीको नाफाको ठूलो बहुमत र यसको अधिकांश अमेरिकी बिक्रीको जिम्मेवार रहेको छ। कम्पनीले आफ्नो नयाँ ग्यासोलिनबाट चल्ने सवारीको उत्पादन २०३५ देखि बन्द गर्ने वाचा गरेको छ।

फन्डिङको बहुमत ८५४ मिलियन अमेरिकी डलर जीएमको छैठौं जेनेरेसनको सानो ब्लक भी८ इन्जिन उत्पादन गर्न मिशिगन, न्यूयोर्क र ओहियोमा प्लान्टहरु तयार गरिनेछ। कास्टिङ र कम्पोनेन्टहरुका लागि रोचेस्टर, न्यूयोर्क र डिफिएन्स, ओहायोमा थप ६४ मिलियन अमेरिकी डलर ईभी उत्पादन सपोर्टका लागि लगानी गरिनेछ।

यो लगानीले भविष्यमा आन्तरिक दहन इन्जिन सवारी साधनहरुको बलियो पोर्टफोलियने प्रदान गर्न र अल इलक्ट्रिक विद्युतीय भविष्यको रुपान्तरणलाई जारी राख्ने जीएमले भनेको छ।

ईभी उत्पादनमा स्थानान्तरण रोजगारी कटौती हुनेमा धेरै कामदारहरु चिन्तित छन्। जीएम उत्पादनका कार्यकारी उपाध्यक्ष जेराल्ड जोनसे भने कि नयाँ लगानीे यी पन्टहरुमा आगमी वर्षहरुमा रोजगारीको सुरक्षा प्रदान गर्नेछ।

प्रकाशित: ९ माघ २०७९, सोमबार