५ इन्च डिस्प्ले र ३,०२० एमएएच ब्याट्री भएको आईटेल ए२४ प्रो सार्वजनिक

Technology Khabar ८ माघ २०७९, आईतवार

५ इन्च डिस्प्ले र ३,०२० एमएएच ब्याट्री भएको आईटेल ए२४ प्रो सार्वजनिक

काठमाडौं ।

उदयमान बजारहरूका लागि केन्द्रित भएर एन्ट्री–लेभल स्मार्टफोनहरू लन्च गर्दै आइरहेको आईटेल ब्रान्डले नयाँ फोन आईटेल ए२४ प्रोको घोषणा गरेको छ। उक्त कम्प्याक्ट फोनमा सानो डिस्प्लेका साथै वरिपरि चंकी बेजेलहरू रहेका छन्।

साथै फोनको अगाडि र पछाडिको भागहरुमा एक–एक ओटा गरी कुल दुईओटा क्यामराहरु समावेश गरिएका छन्। आईटेल ए२४ प्रो फोनले फोरजी कनेक्टिभिटी सपोर्ट गर्ने उल्लेख गरिएको छ।

आईटेल ए२४ प्रो फोनमा ८५०x४८० पिक्सेल्स रिजोलुसन प्रदान गर्ने ५ इन्चको आईपीएस एलसीडी डिस्प्ले समावेश गरिएको छ। यद्यपी फोनमा फिङ्गरप्रिण्ट स्क्यानर भने नभएको र त्यसको सट्टामा बायोमेट्रिक्स फेस अनलक फिचर समावेश गरिएको छ।

ईन्ट्री–लेभलको उक्त फोनमा प्रिइन्सटल्डको रुपमा गो एडिसनको एन्ड्रोइड १२ फिचर गरिएको छ। फोनको पछाडिको भागमा एलईडी फ्ल्यास सहित २ मेगापिक्सेलको क्यामरा र अगाडि भने ०.३ मेगापिक्सेलको क्यामरा समावेश गरिएका छन्। साथै फोनको पोलीकार्बोनेट रियर शेलमा ट्रेंडी डिजाइन रहेको उल्लेख गरिउको छ।

त्यसैगरी माईक्रो यूएसबीद्वारा चार्ज गर्न मिल्ने ३,०२० एमएएचको ब्याट्री डिभाइसमा समावेश गरिएको छ। ह्याण्डसेटमा १.४गीगाहर्जको युनिसक एससी९८३२ई क्वाड–कोर चिपसेट फिचर गरिएको छ भने र्याम कन्फिगरेसनको बारेमा केही उल्लेख छैन।

फोनमा ३२ जीबीको इन्टर्नल स्टोरेज रहेको छ भने अतिरिक्त स्टोरेजको रुपमा ३२ जीबी सम्मको माईक्रोएसडी सपोर्ट गर्न डिभाइसमा एक्सटर्नल स्टोरेज स्लट राखिएको छ।

आईटेल ए२४ प्रो हाल बंगलादेशमा बिक्री वितरण भइरहेको र यसको मूल्य (५,९९० टाका) ५७ अमेरिकी डलर रहेको उल्लेख गरिएको छ।

प्रकाशित: ८ माघ २०७९, आईतवार