टेलिकमको सिस्टम डाउन गराउने दोषी उपर कारबाही गरी क्षतिपूर्ति असुल गर्न कर्मचारीहरुको माग

Technology Khabar ६ माघ २०७९, शुक्रबार

टेलिकमको सिस्टम डाउन गराउने दोषी उपर कारबाही गरी क्षतिपूर्ति असुल गर्न कर्मचारीहरुको माग
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को भद्रकाली प्लाजामा रहेको मुख्यालय। फाइल तस्बिर

काठमाडौं ।

नेपाल टेलिकममा क्रियाशिल युनियनहरुले माघ ३ गते अपरान्ह करिब १२ बजेदेखी जीएसएम र पिएसटिएन सेवाहरु केही समय पूर्णरुपमा अवरुद्ध भई सेवाग्राहीहरुले भोग्नु परेको सास्ती र कम्पनीले व्यहोरेको क्षति प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन्।

संस्थागत सुधार, गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह, सेवाग्राही हीत संस्थागत सुशासन लगायतका विषयहरुमा कम्पनी व्यवस्थापनलाई पटक पटक ध्यानाकर्षण गराउदै आएको व्यहोरा अवगत नै छ ।

उनीहरुले मन्त्रिमण्डल विस्तार तथा नव नियुक्त मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम रहेको महत्वपूर्ण समयमा कम्पनीका सेवाहरु अवरुद्ध हुनु सामान्य विषय होईन नभएको भन्दै कम्पनीका अवरुद्ध सेवाहरु हालसम्म पनि पूर्ण रुपमा चुस्त, दुरुस्त र नियमित हुन नसक्नुले कम्पनी व्यवस्थापनको कार्यशैली र कार्यक्षमता माथि गम्भीर प्रश्न खडा भएको बताएका छन्।

कर्मचारीहरुले टेलिकमलाई दिएको ध्यानाकर्षण पत्रमा भनिएको छ, “विगतमा पनि यस प्रकारका समस्याहरु आउने गरेको र त्यस्ता समस्या भविष्यमा आउन नदिन आन्तरिक रुपमा छानविन समिति गठन भै प्रतिवेदन तयार हुने तर प्रतिवेदनको कार्यान्वयन एवं दोषी उपर कारवाहीमा तदारुकता नदेखाउनुले सम्बन्धित पक्षको कम्पनीमा जिम्मेवारीबोधको कमी र दण्डहिनता बढेको हाम्रो ठहर छ।”

“माघ ३ गते सेवाहरुमा समस्या देखिएको सन्दर्भमा कुन सिष्टम र के कस्ता कारणले समस्या देखिन गएको हो ? कम्पनिले के कति क्षति ब्यहोरेको छ ? यो कस्को जिम्मेवारी र दायित्वको विषय हो ? जस्ता विषयमा प्रष्ट रुपमा खोजविन गर्न भन्दै कर्मचारीका संस्थाहरुले आगामी दिनमा यस्ता समस्याहरु दोहरिन नदिन उचित ब्याकअप तथा प्रिभेन्टिभ उपाय अपनाउन, विशेषज्ञ टीम तयार पारी कार्य अगाडी बढाउन र छानविन गरी यस्ता कार्यमा दोषी देखिएमा दोषि उपर हदैसम्मको कारवाही गरी क्षतिपूर्ति असुल उपर गर्न जोडदार माग गरेका छन्।

कर्मचारी युनियनहरुले वर्तमान प्रतिस्पर्धाको यस समयमा देशभरी नै सर्वसुलभ र भरपर्दो दूरसञ्चार सेवा पुयाउनु पर्ने दायित्व भएको यस संस्थामा यस प्रकारका घटनाहरु बारम्बार नदोहरिने गरी सिष्टम र सेवाहरुको प्राविधिक परिक्षण गराउन हुन समेत ध्यानाकर्षण गराएका छन्।

easy care

प्रकाशित: ६ माघ २०७९, शुक्रबार

ताजा समाचार