एप्पलको सेकेण्ड जेनेरेसन होमपड सार्वजनिक

Technology Khabar ५ माघ २०७९, बिहीबार

एप्पलको सेकेण्ड जेनेरेसन होमपड सार्वजनिक

काठमाडौं ।

बन्द भएको दुई वर्ष पछि एप्पलले पुनः सेकेण्ड जेनेरेसन अवतारको रुपमा नयाँ होमपड अवतार सार्वजनिक गरेको छ।  होमपडको उक्त नयाँ मोडेलमा स्पिकर एरे परिवर्तन गरिनुका साथै तापक्रम र आर्द्रता सेन्सरहरू जस्ता फिचरहरु समावेश गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

त्यसैगरी सेकेण्ड जेनेरेसन होमपडमा विगतको जस्तै ४–इन्चको हाई एक्सकर्सन वूफर फिचर गरिएको छ। साथै शूरुको ओरिजिनल मोडलमा रहेको सात ओटा ट्वीटर्सहरुको सट्टा हालको नयाँ मोडलमा पाँच ओटा हर्न–लोडेड ट्वीटर्सहरुले प्रतिस्थापना गरिएको छ। त्यसैगरी पहिलो मोडलमा रहेका ६ ओटा माइक्रोफोनहरुलाई हाल चार नयाँ फार–फिल्ड माईकहरुद्वारा प्रतिस्थापना गरिएको छ। त्यस्का साथै अटोमेटिक बास करेक्सनको लागि भनेर इन्टर्नल लो–फ्रिक्वेन्सी क्यालिब्रेसन माइक पनि समावेश गरिएको उल्लेख छ।

शूरुको मोडलमा जस्तै नयाँ होमपडले पनि माइक्रोफोनहरूबाट प्रतिक्रिया फिडब्याक सुनेर आफैं क्यालिब्रेट भई अटोमेटिक रुम करेक्सन गर्न सक्षम रहेको जनाइएको छ। साथै यसमा कम्प्युटेसनल अडियो र रियल–टाइम ट्युनिङको मद्दतको लागि भनेर एप्पल एस७ एसओसी समावेश गरिएको छ।

नयाँ होमपडले अन्य होमपडको मोडलहरुलाई स्टेरियो पेयरिङको रुपमा पनि सपोर्ट गर्ने कम्पनीको दाबी छ। यसको लागि दुई ओटा होमपडहरुको आवश्यकता पर्ने र त्यसपश्चात साधारण तवरले पेयर गर्न सकिन्छ। स्टेरियो स्पिकर्सको रुपमा उपयोगी हुनका साथै होमपडले एप्पल टिभी फोरके बाट डल्बी एटमस अडियो प्लेब्याक गर्न सक्षम छ। यद्यपी स्टेरियो पेयरको लागि भने होमपडको मोडल एकै प्रकारको हुनु पर्नेछ। त्यसैगरी फर्स र सेकेण्ड जेनेरेसन मोडलको होमपड भने पेयरिङ गर्न नमिल्ने उल्लेख गरिएको छ।

नयाँ होमपडमा तापक्रम र आर्द्रता सेन्सरहरू पनि समवेश भएका छन्। यिनीहरुले वातानुकूलित रियल–टाइम इन्फर्मेसनको रिपोर्ट गर्नूका साथै अटोमेटिक तवरमा निश्चित फङसनहरु ट्रिगर गर्ने हुँदा उक्त फिचर वातानुकूलित एयर कन्डिसनीङ खोल्न वा पूर्व निर्धारित तापमान लक्ष्य पूरा भएपछि बन्द गर्नको लागि उपयोगी हुने बताइएको छ।

साथै केही समय अघि होमपड मिनिमा पनि सोही प्रकारको सेन्सरहरु फेला परेतापनि तिनीहरु प्रयोगमा भने नल्याइएको र अब एप्पलले उक्त सेन्सरहरु फ्युचर अपडेटको रुपमा होमपड मिनिमा प्रयोगमा ल्याउन मिल्ने गरी समावेश गरिने सम्भावना छ।

यसको साउण्ड रेक्गनिसन फिचरले धुवाँ वा कार्बन मोनोअक्साइड डिटेक्टरबाट बिपहरू सुन्न सक्ने र सतर्कताको लागि आईफोन, आईप्याड, र एप्पल वाचमा अलर्टहरू पठाउन सक्षम छ। साथै उक्त सुविधा होमपड मिनिमा पनि उपलब्ध गराइने थप जानकारी उल्लेख गरिएको छ।

यसको डिजाइनमा खासै परिवर्तन नगरिएतापनि नयाँ मोडल पहिलेको भन्दा केही सानो र हलुको छ। नयाँ मोडलको होमपड नयाँ लाइटर ग्रे मिडनाइट भेरियन्ट र ह्वाइट गरी दुई रङ्गहरुमा उपलब्ध छ। साथै सिपिङको द्वौरान ती दुबै होमपडहरुमा हटाउन सकिने रङ–मिल्ने पावर केबलहरूका साथ उपलब्ध गराइने उल्लेख गरिएको छ।

सेकेण्ड जेनेरेसन होमपडको मूल्य पनि शुरुको आरिजिनल मोडलको मूल्य सरह २९९ अमेरिकी डलर तोकिएको छ। यसको डेलिभरी फेब्रुअरी ३ मा प्राप्त हुनेछ। ।

प्रकाशित: ५ माघ २०७९, बिहीबार