एप्पलले सस्तो मिक्स्ड–रियालिटी हेडसेट तयार गर्दै

Technology Khabar ५ माघ २०७९, बिहीबार

एप्पलले सस्तो मिक्स्ड–रियालिटी हेडसेट तयार गर्दै

काठमाडौं ।

एप्पलले यस वर्ष फ्ल्यागशिप–स्तरीय मिक्स्ड–रियालिटी हेडसेट लन्च गर्ने अपेक्षा गरिएको छ। उक्त रियालिटी प्रोको मूल्य करिब ३,००० अमेरिकी डलर रहेको बताइएको छ। कुपर्टिनो कम्पनीले १,५०० अमेरिकी डलर पर्ने मेटा क्वेस्ट प्रो हेडसेट जस्तै अझ थप किफायती प्रोडक्ट लन्च गर्न चाहेको भनी द इन्फर्मेसेनले उल्लेख गरको छ।

त्यसैगरी एप्पल टेक्नोलोजी डेभलपमेन्ट ग्रुपको बहुमतले दुईवटा उपकरणहरूमा काम गरिरहेको ब्लूमबर्गले खुलासा गरेको बताइएको छ। साथै कम्पनीको उक्त (लोअर–टियर हेडसेट) तल्लो तहको हेडसेट २०२४ मा आउन सक्ने रिपोर्टमा भनिएको छ।

एप्पल रियालिटी प्रो मा प्रत्येक आँखाको लागि भनेर फोर-के इन्टर्नल डिस्प्ले समावेश गरिनुका साथै आउटवार्ड-फेसिङ क्यामराहरू र एयरपडहरूसँग द्रुत जोडिनको लागि एच२ वायरलेस चिप पनि समावेश गरिने अपेक्षा गरिएको छ।

यस महिनाको शुरुवातमा, क्वालकम र ब्रोडकमको कनेक्टिभिटी चिप्सको निर्भरताबाट मुक्त हुन चाहेको एप्पलको बारेमा एउटा रिपोर्टले खुलासा गरे अनुसार अब एप्पलले वाई-फाई, ब्लुटुथ र सेलुलर नेटवर्कहरूका लागि भनेर अल-इन-वन चिपको विकाश गर्न सक्ने सम्भावना रहेको छ।

उक्त परियोजनाहरूमा काम गर्नुको अर्थ एप्पलको अगुमेन्टेड रियालिटी ग्लासेस प्रोजेक्ट लाई हाल होल्डमा राखिएको र यो पुनः सुरु हुने वा नहुने भन्ने कुनै स्पष्टता पनि नभएको थप उल्लेख गरिएको छ।

Global Bank
easy care

प्रकाशित: ५ माघ २०७९, बिहीबार

ताजा समाचार