नयाँ एम२ चिप्समा एप्पल म्याकबुक सार्वजनिक

Technology Khabar ४ माघ २०७९, बुधबार

नयाँ एम२ चिप्समा एप्पल म्याकबुक सार्वजनिक

काठमाडौं ।

एप्पलले मंगलबार नयाँ र तीव्र एम२ प्रो र एम२ म्याक्स चिप्समा म्याकबुक सार्वजनिक गरेको छ। एप्पलले नयाँ चिपमा १४ इन्च र १६ इन्चको म्याकबुक सार्वजनिक गरेको गिज्मोचाइनाले उल्लेख गरेको छ।

नयाँ एम२ प्रो र एम२ म्याक्स मोडलहरुले २०२१ को पुराना मोडलहरुलाई प्रतिस्थापन गर्नेछ।

नयाँ मोडल सुधारिएको पर्फमेन्स र पुरानो जेनेरेसनको तुलनामा दक्षता प्रदान गर्नेगरी डिजाइन गरिएको छ।

म्याकबुक प्रो मोडलको अन्तिम जेनेरेसनले एम१ प्रो र एम१ म्याक्स चिपहरु थियो। जसमा १० कोर सीपीयू, ३२ कोर जीपीयू र १६ कोर जीपी न्यूरल इन्जिनले ६४ जीबी मेमोरी र ८ टीबी एसएसडी सपोर्ट गर्छ। नयाँ म्याकबुक प्रो एम२ र एम२ प्रो चिपसेटहरुबाट सुसज्जित छ।

एम२ चिप शुरुमा लोअर एण्ड म्याकबुक एयर र १३ इन्च म्याकबुकको लागि पेश गरिएको थियो। प्रो मोडलहरु नयाँ १४ इन्च र १६ इन्च म्याकबुक प्रो मोडलहरुमा प्रयोग गरिएको छ। एम२ प्रो मोडलमा १२ कोर सीपीयू, १९ कोर जीपी र ३२ जीबीसम्म यूनिफाइड मेमोरी छ भने एम२ म्याक्स मोडलले ३८ कोर जीपीयू र ९६ जीबी यूनिफाइड मेमोरी सपोर्ट गर्छ।

एम२ प्रो चिपमा एम२ चिपको तुलना ट्रान्जिस्टरहरुको संखया दोबर छ र एम१ प्रो पिच भन्दा २० प्रतिशत बढी छ। यसमा २०० जीबी यूनिफाइड मेमोरी ब्यान्डविथ छ जुन नियमित एम२ चिप भन्दा दोबार हो। एम२ म्याक्स चिपमा एम२ प्रो जस्तै १२ कोर सीपीयू छ। तर यसमा बलियो जीपीयू छ।

नयाँ चिप्सको अतिरिक्त नवीनतम म्याकबुक प्रो मोडलहरुले वाईफाई ६ई३ लगयात एडभान्स फिचर नवीनतम वाईफाई टेक्नोलोजी हो। जसले वाईफाई ६ भन्दा छिटो गति, राम्रो प्रदर्शन र कम ल्याटेन्सी प्रदान गर्छ। एचडीएमआई पोर्टले ६० हर्जमा ८के डिस्पले २४० हर्जमा ४ के डिस्प्ले सपोर्ट गर्छ। यसले उच्च रिजोल्युसन भिडियो प्लेब्याक र सहज गेमि अनुभवहरुको लागि अनुमति दिन्छ।

एम२ प्रो चिप युक्त १४ इन्च म्याकबुक प्रोको मूल्य १ हजार ९९९ अमेरिकी डलर र १६ इन्च मोडलको मूल्य २ हजार ४९९ अमेरिकी डलर तोकिएको छ। जनवरी २४ देखि एप्पल स्टोरमा बिक्रीका लागि उपलब्ध हुनेछ।

प्रकाशित: ४ माघ २०७९, बुधबार