सिम डुब्लिकेशन गरी ठगी गर्ने योगी पक्राउ

Technology Khabar ३ माघ २०७९, मंगलवार

सिम डुब्लिकेशन गरी ठगी गर्ने योगी पक्राउ
सांकेतिक तस्विर

काठमाडौं ।

सिम डुब्लिकेशनगरी मोबाइल बैंकिङबाट रकम ठगी गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका घर भई हाल काठमाडौं गंगोवु बस्ने २६ वर्षका पुर्ण योगी भन्ने पुर्णनाथ योगीलाई सिम डुब्लिकेशनगरी ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

योगीले सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप, आईएमओ लगायत एपहरुको दुरुपयोगरी आकर्षक तलब सुविधामा फ्रान्स, स्विजरल्याण्ड लगायत विकसित देशहरुमा रोजगारीको अवसर रहेको भन्दै विज्ञापन गर्दै आएका थिए। त्यस्ता विज्ञापनको माध्यमबाट सम्पर्कका आएका व्यक्तिहरुलाई काठमाडौं उपत्यका विभिन्न स्थानममा बोलाएर भिसा प्रोसेसिङका लागि सक्कल कागजात मागगरी बैंक खातामा रकम समेत जम्मा गर्न लगाउँदै आएका थिए।

साथै उनले आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुको नागरिकता तथा राहदानी समेतका कागजातहरुको प्रतिलिपी मोबाइल सेवा प्रदायक कम्पनीहरुमा पेश गरी सिम डुब्लिकेशन पनि गर्दै आएका थिए। उक्त सिमको प्रयोगबाट ती व्यक्तिहरुको मोबाइल बैंकिङमा पहुँच पुर्याई रकम अन्यत्र ट्रान्सफर गरी ठगी गर्दै आएका थिए।

पिडितहरुको उजुरी र अनुसन्धानका आधारमा प्रहरीले योगीलाई पक्राउ गरेको जानकारी दिएको छ। उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि माघ ३ गते जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको छ।

यस अघि १२ जना पिडितहरुको उजुरीमा १८ लाख ७८ हजार रुपैयाँ ठगी भएको आरोपमा पुस २६ गते मनन घर्तिलाई पक्राउ गरी कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ।

Global Bank
easy care

प्रकाशित: ३ माघ २०७९, मंगलवार

ताजा समाचार