फियो एम११एस डिजिटल अडियो प्लेयर स्न्यापड्रागन ६६० सहित सार्वजनिक

Technology Khabar ३ माघ २०७९, मंगलवार

फियो एम११एस डिजिटल अडियो प्लेयर स्न्यापड्रागन ६६० सहित सार्वजनिक

काठमाडौं ।

फियोले एम११एस डिजिटल अडियो प्लेयर अनावरण गरेको छ। उक्त पोर्टेबल अडियो प्लेयर एन्ड्रोइड १० मा आधारित भएको र क्वालकमको स्न्यापड्रागन ६६० चिपसेट समावेश गरिएको छ। त्यसैगरी एम११एस पोर्टेबल अडियो प्लेयर लामो समय अवधिको लागि भनेर स्तरिय अडियोको लागि ५,३०० एमएएचको ब्याट्री छ। साथै फियो एम११एस डिजिटल अडियो प्लेयरले हाई–फिड्लीटी ब्लुटुथ सपोर्ट गर्नूका साथै वायर्ड कनेक्टीभिटी अप्सन पनि छ।

त्यसैगरी फियोको उक्त एम११एस डिजिटल अडियो प्लेयर एप्पलको एयरप्ले र डीएलएनएसँग क्मप्याटिबल भएको उल्लेख गरिएको छ। हाल, एम११एस केहि मार्केटहरुमा सेलमा पनि रहेको गिज्मोचाइनाले उल्लेख गरेको छ।

उक्त नयाँ फियो डिजिटल अडियो प्लेयर गत २०२२ मा लीक भएको र तसपश्चात डिजिटअ अडियोको प्लेएरको फराकिलो बजारमा प्रवेश गरेको जनाइएको छ। ग्राहकहरुमाझ अझै पनि सोनीको वाकम्यान मोडलहरु लोकप्रिय भएतापनि एम११एसको प्रतिस्पर्धी मूल्यले लाभ प्रदान गर्न सक्ने विश्वास गरिएको बताइएको छ। एम११एसमा १,२८० वाई ७२० पिक्सेलको रिजोलुसन प्रदान गर्ने ५–इन्चको डिस्प्ले रहेको बताइउको छ। पछिल्लो समयमा सार्वजनिक भएको सोनी एनडब्लू–जेडएक्स७०७ को पनि एम११एसको जस्तै समान स्क्रिन प्यारामिटर छ।

त्यसैगरी फियोे एम११एस डिजिटल अडियो प्लेयरको तौल ५० ग्राम रहेको र यसको मेजरमेन्ट १२५.२ वाई ७४ वाई १८.५एमएम छ। यसमा स्न्यापड्रागन ६६० चिपसेट र ३जीबी र्यामको साथै ३२जीबी इन्टर्नल स्टोरेज समावेश गरिएको छ। अडियो प्लेयरको ५,३०० एमएएच ब्याट्रीले १४ घण्टा सम्म प्लेब्याक गर्न सक्षम रहेको बताइएको छ। यसले म्युजिकहरु २.५एमएम, ४.४एमएम र ३।५एमएम ज्याकहरुको माध्यमबाट बजाउन सक्ने र एपीटीएक्स एचडी एलडीएसी एलडीएचसी ब्लुटुथ कोडेक्स सपोर्ट गर्ने उल्लेख गरिएको छ।

एप्पलको एयरप्ले र डीएलएन सपोर्ट गर्नूका साथै एम११एस डिजिटल अडियो प्लेयरले टिडल मार्फत पनि अडियोहरु स्ट्रिम गर्न सक्ने भनी उल्लेख गरिएको छ। फियो डिजिटल अडियो प्लेयरको मूल्य ४९९.९९ अमेरिक डलर तोकिएको छ।साथै उक्त अडियो प्लेयर कालो र टाइटेनियम गरी दुई रङ्गहरुमा उपलब्ध हुनेछ।

easy care

प्रकाशित: ३ माघ २०७९, मंगलवार

ताजा समाचार