भारतमा सामसङ ग्यालेक्सी ए२३ र ए१४ फाइभजी जनवरी १८ मा सार्वजनिक हुने

Technology Khabar ३ माघ २०७९, मंगलवार

भारतमा सामसङ ग्यालेक्सी ए२३ र ए१४ फाइभजी जनवरी १८ मा सार्वजनिक हुने

काठमाडौं ।

सामसङले ग्यालेक्सी ए२३ फाइभजी स्मार्टफोन भारतमा आगामी जनवरी १८ मा लन्च गर्ने भएको छ। साथै सोही अनावरण कार्यक्रममा दक्षिण कोरियाली ब्राण्डले ग्यालेक्सी ए१४ फाइभजीको पनि घोषणा गर्ने बताइएको छ।

सामसङको ग्यालेक्सी ए२३ फाइभजी स्मार्टफोन आवरण हुन केहि दिन मात्र बाँकी रहँदा उक्त स्मार्टफोनको मूल्य विवरण अनलाइनहरुमा उजागर भएको छ। उक्त मूल्य विवरणको बारेमा टिप्सटर अभिषेक यादवले जानकारी दिएका छन्। विगतमा ग्यालेक्सी ए१४ फाइभजीको पनि अनलाइन मार्फत मूल्य विवरणको जानकारी लिक भएको थियो।

सामसङ ग्यालेक्सी ए२३ फाइभजी स्मार्टफोनहरु ६जीबीं १२८जीबी र ८जीबीं१२८ जीबी र्याम र स्टोरेज कन्फिगरेसनहरुमा उपलब्ध हुनेछ। उक्त स्मार्टफोनहरुको मूल्य क्रमशः २३ हजार ९९९ भारु र २५ हजार ९९९ भारु तोकिने उल्लेख गरिएको छ।

त्यसैगरी सामसङ ग्यालेक्सी ए२३ फाइभजी स्मार्टफोन यस भन्दा अघि ग्लोबल मार्केटमा सार्वजनिक भइसकेको हुनाले भारतीय भेरियन्टहरुमा पनि सोही प्रकारको स्पेसिफिकेसनहरु रहने अपेक्षा गरिएको छ।

स्मार्टफोनमा साइड माउण्टेड फिङगरप्रिन्ट स्क्यानरको साथै वाटर प्रूफ नोच सहितको ६.६ इन्चको एफएचडी प्लस १२० हजर्को डिस्प्ले फिचर छ। साथै स्मार्टफोनमा ५० मेगापिक्सलको प्राईमेरी सेन्सर, ५ मेगापिक्सलको अल्ट्रा–वाइड–एंगल युनिट र दुई ओटा २ मेगापिक्सेलको लेन्सहरु रेट्र्याङगुलर रियर क्यामरा मोड्युल हाउजिङमा समावेश गरिएको छ।

त्यसैगरी स्मार्टफोनमा स्न्यापड्रागन ६९५ एस्ओसी चिपसेट रहनुका साथै ८जीबी र्याम र १२८ जीबी स्टोरेज समावेश गरिएको बताइको छ। साथै स्मार्टफोनमा २५ वाटको फास्ट चार्जिङ सपोर्ट गर्ने ५,००० एमएएचको ब्याट्री समावेश गरिएको छ।

सामसङ ग्यालेक्सी ए१४ फाइभजी ४जीबीं६४जीबी मोडलको मूल्य १६ हजार ४९९ भारुदेखि शुरु हुनेछ।

प्रकाशित: ३ माघ २०७९, मंगलवार