मोटोरोलाको मोटो जी५३ र मोटो जी७३ आउँदै

Technology Khabar २ माघ २०७९, सोमबार

मोटोरोलाको मोटो जी५३ र मोटो जी७३ आउँदै

काठमाडौं ।

मोटोरोलाले मिड–रेन्ज स्मार्टफोनहरु मोटो जी५३ र मोटो जी७३ ग्लोबल भर्सनको रुपमा छिट्टै विश्व बजारमा ल्याउने भएको छ। मोटो जी५३ को चिनियाँ संस्करण भने चीनमा सार्वजनिक भइसकेको छ। द टेक आउटलुकले आगामी स्मार्टफोनहरुको स्पेसिफिकेसनहरुको बारेमा उजागर गरेको छ।

मोटो जी७३
मोटो जी७३ को डिजाइन हालको मोटो जी७२ को जस्तै भएको र उक्त स्मार्टफोन पनि प्लास्टिकबाट निर्माण गरिने बताइएको छ। त्यसैगरी रेण्डर्सहरुमा देखा परेको मोटो जी७३ को रङ्ग भने मेटेरोइट ग्रे रहेको उल्लेख गरिएको छ।

उक्त डिभाइसमा फुुल एचडी प्लस (१०८०x२४००पिक्सेल) रिजोलुसन प्रदान गर्ने ६.५-इन्चको १२०हर्ज आईपीएस एलसीडी प्यानल फिचर गरिएको छ। त्यसैगरी मिडियाटेक डाइमेन्सिटी ९३० प्रोसेसर र ६जीबी तथा ८जीबी र्यामका साथै १२८ जीबी र २५६ जीबी स्टोरेजको अप्सनमा उपलब्ध हुने बताइएको छ।

स्मार्टफोनमा (एफ)f/१.८ एपर्चरको मेन शुटर र (एफ)f/२.२ एपर्चरको अल्ट्रावाइड गरेर दुई ओटा ५० मेगापिक्सेलको ब्याक क्यामराको साथै (एफ)f/२.२ एपर्चर सहित १६ मेगापिक्सेलको सेल्फि क्यामरा समावेस गरिएको छ। साथै स्मार्टफोनमा ३० वाटको टर्बो-पावर चार्जिङ सपोर्ट गर्ने ५,००० एमएएचको ब्याट्री समावेश गरिएको छ। साथै उक्त स्मार्टफोनमा डल्बी एट्मसको स्टेरियो स्पिकर र ३.५ एमएमको हेडफोन ज्याक पनि फिचर गरिएको बताइएको छ।

मोटो जी५३
मोटो जी७३ भन्दा सस्तो मोटो जी५३ स्मार्टफोनको पनि मोटा जी७३को जस्तै समान खालको डिजाइन रहेको छ। क्वालकम्को स्न्यापड्रागन ४८०प्लस प्रोसेसर र ४जीबी ६जीबी र्यामका साथै ६४जीबी १२८जीबी स्टोरेज स्मार्टफोनमा रहने छ। त्यसैगरी मोटो जी५३ मा १६००x७२० पिक्सेल रिजोलुसन र २६९ पीपीआई पिक्सेल डेन्सीटिको साथै १२० हर्ज रिफ्रेस रेट भएको ६.५-इन्चको एलसीडी डिस्प्ले समावेश गरिएको बताइएको छ।

उक्त ह्याण्डसेटमा ५० मेगापिक्सेलको (एफ)f/१.८ एपर्चरको प्राईमेरी सेन्सर सहित २ मेगापिक्सेलको म्याक्रो युनिट फिचर गरिएको बताइएको छ। साथै (एफ)f/२.० एपर्चर सहित ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा समावेस गरिएको बताइएको छ। स्मार्टफोनमा १० वाटको चार्जिङ सपोर्ट गर्ने ५,००० एमएएचको ब्याट्री समावेश गरिएको छ।

उक्त फाइभजी फोनमा साइड-माउण्टेड फिङ्गरप्रिन्ट सेन्सर र स्टेरियो स्पिकर सेटअप पनि रहने उल्लेख छ।

प्रकाशित: २ माघ २०७९, सोमबार