रिभरसङको नयाँ स्मार्टवाच मोटिभ सिक्स एस नेपाली बजारमा

Technology Khabar ३० पुष २०७९, शनिबार

रिभरसङको नयाँ स्मार्टवाच मोटिभ सिक्स एस नेपाली बजारमा

काठमाडौं ।

नेपाली बजारमा प्रवेश गरेको छोटो समयमै अपेक्षाकृत राम्रो बजार साख हासिल गर्न सफल ब्राण्ड रिभरसङले नयाँ मोडलको स्मार्टवाच नेपाली बजारमा भित्र्याएको छ। चीनको बहुराष्ट्रिय मोबाईल एक्सेसोरिज् तथा वेरेबल उत्पादक रिभरसङ विश्व बजारमै पछिल्लो समयमा तिब्रताका साथ अगाडि बढिरहेको ब्राण्ड हो ।

विश्वका साठी भन्दा बढी देशहरुमा विक्री वितरण हुँदै आएको ब्राण्ड रिभरसङ नेपाली बजारमा प्रवेश गरेको चार महिनामै एक दर्जन भन्दा बढि मोडलका स्मार्टवाच तथा इअरबड्सहरु नेपाली बजारमा भित्र्याईसकेको छ। मोबाईल एक्सेसोरिज् तथा वेरेबलको बजार विकास र विस्तारमा देशकै अग्रणी कम्पनीको रुपमा स्थापित भएको केमियो इन्टरनेशनल प्रा. लि. ले आफ्नो दोश्रो ब्राण्डको रुपमा रिभरसङ्लाई नेपाली बजारमा ल्याएको हो ।

रिभरसङ् नेपालको रिभरसङको नयाँ स्माटवाच मोटिभ सिक्स एस सार्बजनिक गरेको छ। आयातकर्ता केमियो इन्टरनेशनलका अध्यक्ष उपेन्द्र साहले मुख्यालयमा रिभरसङ् मोटिभ सिक्स एसको सार्वजनिक गर्दै यसका विशेषताहरु प्रष्ट्याए।

मोटिभ सिक्स एसमा पचास भन्दा बढी फिटनेस ट्र्याकिङ् अप्सन रहेका छन् भने यसको हर्ट रेट मनिटर निक्कै प्रिसाईज्ड् रहेको कम्पनीले जानकारी दिएको छ । ब्लुटुथ कलिङ् अप्सन रहेको यस स्मार्टवाचको अडियो क्वालिटी समेत निक्कै उच्च रहेको रिभरसङ्को मोटिभ सिक्स एसको अधिकतम विक्री मूल्य छ हजार चार सय पच्चिस रुपैयाँ तोकिएको छ।

आफ्ना सबै स्मार्टवाचमा एक बर्षको वारेन्टी प्रदान गर्ने रिभरसङले विक्री पश्चातको सेवालाई निक्कै चुस्त र प्रभावकारी बनाउँदै आएको जनाएको छ।

easy care

प्रकाशित: ३० पुष २०७९, शनिबार