एसरको एस्पायर ३ सिरिजका ल्यापटपहरु सार्वजनिक

Technology Khabar ३० पुष २०७९, शनिबार

एसरको एस्पायर ३ सिरिजका ल्यापटपहरु सार्वजनिक

काठमाडौं ।

एसरले आफ्नो एस्पायर ३ सिरिज मोडलहरुमा इन्टेलको एल्डर लेक–एन प्रोसेसरहरु समावेश गर्ने एसरले बताएको छ। प्राय र्याप्टर लेकले एल्डर लेक प्रोसेसरलाई धेरै जसो भागमा प्रतिस्थापना गर्ने भएतापनि आफ्नो नयाँ यू र पी–सिरिज चिप्सहरुको लो–पावर विकल्पको रुपमा इन्टेलले एल्डर लेक–एन सिरिजलाई २०२३ को सीईएस प्रदर्शनीमा राखेको छ।

हाल, एसरको उक्त नयाँ एस्पायर ३ सिरिजहरु १४ इन्च र १५.६ इन्चको साइजहरुमा उपलब्ध भएको बताइएको छ। साइज, किबोर्ड डिजाइन र डिस्प्लेक प्रकारमा भिन्नता भएपनि ती दुबै डिभाइसहरुमा कोर आई३–एन३०५ प्रोसेसर समावेश गरिएको छ।

कोर आई३–एन३०५ मा पी–कोरका साथै इन्टेल हाईपर–थ्रेडिङ क्यापाबिलिटी नभएको र आठ ओटा ई–कोरहरु ३.८ गीगााहर्जमा सञ्चालन हुने छ। त्यसैगरी उक्त प्रोसेसरमा ३२ एक्सीक्यूसन युनिटस् सँगै यूएचडी ग्राफिक्स एक्सई ७५० आईजीपीयू र १५ वाटको टीडीपी फिचरहरु रहेको छ।

एसरले प्रोसेसरमा ८ जीबीको एलपीडीडीआर५ र्याम थपेको र त्यो सम्भवतः एलपीडीडीआर५–४८०० हुन सक्ने जानकारी दिएको छ। एसरको दुबै एस्पायर ३ भेरियन्टहरुमा ४५ वाटको चार्जिङ सपोर्ट गर्ने ३–सेल ली–पोलिमर ब्याट्री र २५६ जीबीको एनभीएमई एसएसडी स्टोरेज समावेश गरिएको छ। त्यसैगरी उक्त ल्यापटपहरुमा १x३.५ एमएम ज्याक, १xडीसी पावर–ईन, एउटा एचडीएमआई, एउटा केन्सिङ्टन लक स्लट, २ यूएसबी ३.२ जेन १ टाइप–ए, एउटा यूएसबी ३.२ जेन २ टाइप–सी साथै मल्टिपल पोर्टहरु फिचर गरिएको बताइएको छ।

१५.६ इनचको भेरिएन्टमा आरजे४५ इथरनेट फिचर समावेश गर्ने एसरले दाबी गरेको भएतापनि कुनै पनि मार्केटिङ पिक्चरहरुमा त्यस्तो केहि पनि नदेखिएको उल्लेख गरिएको छ। टीएन प्यानल भएको १४–इन्च मोडेलको तुलनामा ठूलो मोडेल आईपीएस डिस्प्लेको साथ आउने भएकाले यसको भ्यूईङ एंगल र कलर रिप्रोडक्सन राम्रो हुने बताइएको छ। एसरले पिक ब्राइटनेस, कलर एक्युरेसी जस्ता डिस्प्ले स्पेक्सहरुको बारेमा केहि पनि विवरण नदिएको बताइएको छ।

यद्यपी उक्त दुबै मोडलमा १६ः९ एसपेक्ट रेसियो सहितको १०८०पी मोनिटर्स रहने छ। १५.६–इन्च मोडल स्वाभाविक रूपमा १४–इन्च मोडल भन्दा भारी र ठूलो हुनेछ तर एसरले अतिरिक्त चौडाइ प्रयोग गरी उल्लेखनिय संख्यामा प्याडहरु समावेश गरेको बताइएको छ।

एस्पायर ३ १४ को तौल १.४ केजी रहेको र मेजरमेन्टहरु ३२.७x२१.६x१.९ सेन्टिमिटर रहेको छ। त्यसैगरी एस्पायर १३ १५ को तौल १.७ केजी र मेजरमेन्टहरु ३६.३x२३.९x१.९ सेन्टिमिटर रहेको बताइएको छ। साथै तिनीहरुको मूल्यमा खासै धेरै अन्तर नभएको र एसरले १४–इन्च मोडलको ४७९.९९ अमेरिकी डलर र १५.६–इन्च मोडलको ४९९.९९ अमेरिकी डलर तोकेको छ।

Global Bank
easy care

प्रकाशित: ३० पुष २०७९, शनिबार