सामसङ ग्यालेक्सी एम१४ फाइभजी छिट्टै सार्वजनिक गरिने

Technology Khabar २९ पुष २०७९, शुक्रबार

सामसङ ग्यालेक्सी एम१४ फाइभजी छिट्टै सार्वजनिक गरिने

काठमाडौं ।

सामसङले नयाँ ग्यालेक्सी एम सिरिज स्मार्टफोनहरु छिट्टै नै अनावरण गर्ने तयारिमा लागेको गिज्मोचाईनाले बताएको छ। गत महिना कम्पनीले ग्यालेक्सी एम०४ स्मार्टफोनको अनावरण गरेको थियो भने अब ग्यालेक्सी एम१४ फाइभजी स्मार्टफोन सार्वजनिक गर्न लागेको छ।

सामसङले ग्यालेक्सी एम१३ फाइभजी स्मार्टफोनको उत्तराधिकारीको रुपमा ग्यालेक्सी एम१४ फाइभजी स्मार्टफोनलाई ल्याउन लागेको बताइएको छ। दक्षिण कोरियालि टेक जाइन्टको आगामि स्मार्टफोन एफसीसीमा सर्टिफिकेसनको द्वौरान देखा परेको उल्लेख गरिएको छ।

अनलाइन डाटाबेस अनुसार उक्त नयाँ ग्यालेक्सी एम सिरिज डिभाइसको मोडल नम्बर एसएम-एम१४६बी/डीएसएन रहेको छ। ग्यालेक्सी एम१४ फाइभजीको ब्याट्री प्याटर्नको बारेमा हाल थाहा नभएतापनि उक्त स्मार्टफोनले २५ वाट फास्ट चार्जिङ सपोर्ट गर्ने उल्लेख गरिएको छ।

त्यसैगरी उक्त बजेट ग्रेड ह्याण्डसेट यो भन्दा अघि गिकबेन्चा पनि देखा परिसकेको गिज्मोचाईनाले उल्लेख गरेको छ। ग्यालेक्सी एम१४फाइभजीमा एक्सनोस १३३० प्रोसेसरको साथै ४जीबी र्याम छ।

सामसङले ग्यालेक्सी एम१३ फाइभजी स्मार्टफोनमा भने मिडियाटेक डाईमेनसिटि ७०० एसओसी चिपसेटका साथै ९०हर्ज हाई रिफ्रस रेट सहितको ६।५ इन्चको एचडी प्ल्स एलसीडी प्यानल समावेश गरेको थियो। उक्त डिस्प्लेमा ईन्फिनिटि भी नोच र ५ मेगापिक्सेल क्यामराको समावेश गरिएको छ। स्मार्टफोनको पछाडिको भागमा भने ५० मेगापिक्सेलको ट्रिपल क्यामरा र २ मेगापिक्सेलको डेफ्थ सेन्सर फिचर गरिएको थियो।

त्यसैले आगामी ग्यालेक्सी एम१४ फाइभजी स्मार्टफोनको पछाडिको भागमा ग्यालेक्सी एम१३ फाइभजीको जस्तै क्यामरा सेटअप रहन सक्ने र साथै समान साइजको डिस्प्ले समावेश गरिने सम्भावना छ। साथै ग्यालेक्सी एम१४ फाइभजी बजेट मोडेल स्मार्टफोन भएका हुनोले यसमा एएमओएलइडी डिस्प्लेको सट्टा उच्च रिफ्रेस रेट सहित एलसीडी प्यानलमा आउनेछ।

प्रकाशित: २९ पुष २०७९, शुक्रबार