ओप्पोको ए५६एस बजेट फोन सार्वजनिक

Technology Khabar २७ पुष २०७९, बुधबार

ओप्पोको ए५६एस बजेट फोन सार्वजनिक

काठमाडौं ।

आप्पोले पछिल्लो बजेट स्मार्टफोनको रुपमा ए५६एस सार्वजनिक गरेको जीएसएमएरिनाले बताएको छ। यद्यपि ए५६एस स्मार्टफोन नयाँ भएतापनि उक्त फोन वास्तवमा गत अप्रिलमा लन्च गरिएको आप्पो ए५७ को रिब्याज्ड रहेको बताइएको छ। ओप्पोको उक्त नयाँ ए५६एसमा ८ जीबी र्याम सावेश गरिएतापनि स्पेक्सहरु भने दुरुस्त ए५७ को जस्तै छ।

ओप्पोको ए५६एसमा एचडी प्ल्स रिजोल्युसन र ९० हर्ज रिफ्रेस रेटको भएको ६.५६ इन्चको आईपीएस एलसीडी डिस्प्ले रहेको छ। फोनमा मिडियाटेकको डाईमेनसिटी ८१० चिपसेटको साथै ८ जीबी र्याम र १२८र२५६ जीबीको स्टोरेज समावेश गरिएको छ। त्यसैगरी फोनमा १३ मेगापिक्सलको मुख्य क्यामरा र साथमा २ मेगापिक्सलको डेफ्थ युनिट रहेको छ। कलरओएस १२ को साथै फोनले एन्ड्रोइड १२ बुट्स गर्ने र फोनको ५००० एमएएच ब्याट्रीले १० वाटको फास्ट चार्जिङ सपोर्ट गर्ने भनी उल्लेख गरिएको छ।

ओप्पोको ए५६एस डीप सी ब्लू र क्वाइट नाइट ब्ल्याक रङ्गहरुमा उपलब्ध हुनेछ। त्यसैगरी ओप्पो ए५६एस ८/१२८ जीबीको मूल्य १६१ अमेरिकी डलर रहेको छ भने ८/२५६ जीबी भर्सनको मूल्य १६१ अमेरिकी डलर तोकिएको छ।

प्रकाशित: २७ पुष २०७९, बुधबार