स्वास्थ्य बीमा बोर्डको एपमार्फत बिमितले के के जानकारी पाउँछन जान्नुहोस्

Technology Khabar २६ पुष २०७९, मंगलवार

स्वास्थ्य बीमा बोर्डको एपमार्फत बिमितले के के जानकारी पाउँछन जान्नुहोस्
Global IME Bank

काठमाडौं ।

स्वास्थ्य बीमा बोर्डले बीमितहरुको सहजता र जानकारीको लागि एचआईबी प्रोफाइल एप(HIB Profile App) तयार पारेको छ। उक्त एपमार्फत स्वास्थ्य बीमा सेवा लिएका बिमितहरुले आफ्नो आधिकारिक जानकारीहरु हेर्न सक्ने भएका छन् ।

उक्त एप प्ले स्टोर र एप स्टोरबाट डाउनलोड गरी सम्बन्धित बिमितको बीमा नम्बर, घरमुलीको बीमा नम्बर र जन्मिति राखी एपमा प्रवेश गर्न सकिनेछ।

विवरण राख्दा भेरिफाई हुन नसकेमा उक्त बिबरण जस्तै: जन्ममिति, फोन नम्बर हाम्रो सिस्टममा गलत प्रबिस्ट भएको छ भने आफ्नो जिल्लाहरुमा रहेको स्वास्थ्य बीमा बोर्डको कार्यालयमा सम्पर्क गरि सच्याउन सकिने जानकारी दिएको छ।

एचआईबी प्रोफाइल एपमा लगइन भएपश्चात आफ्नो विवरण जस्तै: सेवा लिएको बिवरण, पोलिसी विवरण, सक्रिय/ निश्क्रिय विवरण, नबिकरण भए/ नभएको हेर्न सकिने छ।

साथै, स्वास्थ्य बीमामा आबद्ध बीमितहरुले अनलाइन (कनेक्ट आईपीएस, खल्ती, ईसेवा, नागरिक एप) मार्फत घर मुलीको बीमा नम्बर राखी नविकरण गर्न सकिने छ।

यस बाहेक थप जानकारीका लागि स्वास्थ्य बीमा सम्बन्धि गुनासोको लागि बीमा बोर्डका जिल्ला कार्यालयहरु, प्रदेश कार्यालयहरु र केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सकिने वा वेबसाइट www.hib.gov.np मार्फत जानकारी लिन सकिने जनाएको छ।

बोर्डले आफ्नो छैठौँ वार्षिकोत्सवका अवसरमा गत वर्ष एचआइबी प्रोफाइल एप सार्वजनिक गरेको थियो। गुगल प्ले स्टोरमा यो एप हालसम्म ५ हजार भन्दा धेरै डाउनलोड भईसकेको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २६ पुष २०७९, मंगलवार