बेकोका उत्पादनहरुमा शत प्रतिशत पार्ट्स उपलब्धता र आफ्टर सेल्स सर्भिस ग्यारेन्टी

Technology Khabar २५ पुष २०७९, सोमबार

बेकोका उत्पादनहरुमा शत प्रतिशत पार्ट्स उपलब्धता र आफ्टर सेल्स सर्भिस ग्यारेन्टी

काठमाडौं ।

चौधरी ग्रुपले सिजी इओएलद्वारा गत बर्षदेखि नेपाली बजारमा बिक्री बितरण गर्दै आईरहेको यूरोपको टपहोम अप्लायन्सेज ब्रान्ड बेकोका सम्पूर्ण उत्पादनहरुमा शत प्रतिशत पार्ट्स उपलब्धता र आफ्टर सेल्स सर्भिसको ग्यारेन्टी दिएको छ।

कम्पनीले नेपालभरका आफ्ना ४० भन्दा धेरै सर्भिस सेन्टरहरुबाट यो सेवा निरन्तर रुपमा दिईरहेको छ। बेकोका उत्पादनहरुमा १२ बर्षसम्मको पार्ट्स वारेन्टी रहेको जानकारी दिएको छ।

यसका साथमा चौधरी ग्रुपले बेको का उत्पादनहरुको खरिद गरी आफ्ना ग्राहकहरुलाई ढुक्क हुन आह्वान गरेको छ।

यसका साथै हालै कम्पनीले यो जाडो मौसमलाई लक्षित गर्दै “वेलकम विन्टर” नामक योजना पनि नेपाली बजारमा सार्वजनिक गरेको छ। उक्त योजना अन्तर्गत ग्राहकहरुले बेको ब्राण्डका जाडो मौसममा प्रयोग हुने समानहरुको  खरिदमा आकर्षक उपहारहरु प्राप्त गर्न सकिने छ।

जसअनुसार वाशिङ मेसिन र वाशर ड्राएरको खरिदमा ६ के.जी. को सर्फ एक्स्सेल म्याटिक वाशिङ पाउडर उपहार पाईन्छ भने डिशवासरको खरिदमा २ प्याकेट फोर्चुन डिशवासर ट्याब्लेट उपहार पाईन्छ। साथै एअर कन्डिसनरको खरिदमा रु.४,००० बराबरको फ्री इन्स्ट्लेसन पाईन्छ।

उक्त योजना मङ्सिर १५, २०७९ देखि सिमित अवधिका लागि लागू गरिएको जनाएको छ।

प्रकाशित: २५ पुष २०७९, सोमबार