Technology Khabar २४ पुष २०७९, आईतवार
काठमाडौं ।
जब तपाई स्मार्टफोन किन्न जानुहुन्छ, तपाईले सुन्नु भएको होला कि स्मार्टफोनले १०८०पी, १४४०पी वा फोरके रिजोल्युसन सपोर्ट गर्छ।
के तपाईंले कहिल्यै सोच्नुभएको छ यसको अर्थ के हो? यदि छैन भने, यो खबर तपाईका लागि धेरै उपयोगी छ।
वास्तवमा, रिजोल्युसनले तस्वीरमा डट्स वा पिक्सेलहरूको संख्या के हो भनेर बताउँछ। अब प्रश्न आउँछ कि हामीले डट्स वा पिक्सेलसँग के गर्ने? कुनैपनि चित्र थोप्ला वा पिक्सेलले मात्र स्पष्ट रूपमा देखिन्छ। यी पिक्सेलहरूको संख्या हजारौंदेखि लाखौंसम्म हुन्छ। ध्यान राख्नुहोस् कि पिक्सेलको संख्या जति उच्च हुन्छ, तस्वीरको गुणस्तर राम्रो हुन्छ।
रिजोल्युसनको अर्थ के हो ?
तस्विरको तीव्रता र स्पष्टता रिजोल्युसन मार्फत मात्र मापन गरिन्छ। रिजोलुसन मोनिटर, डिस्प्ले, प्रिन्टर, डिजिटल तस्वीरको गुणस्तर मापन गर्न प्रयोग गरिन्छ। यति मात्र होइन, मोबाइल, कम्प्युटर, टेलिभिजनको डिस्प्ले स्क्रिनको गुणस्तर पनि रिजोल्युसनबाट थाहा हुन्छ। यसले तपाइँको डिभाइस कुन स्तरको इमेज गुणस्तर प्रदर्शन गर्न सक्षम छ भनेर हामीलाई बताउँछ। रिजोल्युसनले डिभाइसको डिस्प्लेमा पिक्सेलको संख्या नाप्छ।
पिक्सेल भनेको के हो?
आफ्नो ल्यापटप वा मोबाइल खोल्नुहोस् र यसको डिस्प्ले स्क्रिनमा ध्यानपूर्वक हेर्नुहोस्। तपाईंले यहाँ केही बिन्दुहरू देख्नुहुनेछ। यी बिन्दुहरूलाई पिक्सेल भनिन्छ। तिनीहरू आकारमा धेरै सानो हुन्छन्, तर तस्वीर यी बिन्दुहरूलाई संयोजन गरेर बनाइन्छ। जब पिक्सेलको संख्या धेरै हुन्छ, तब रिजोल्युसन पनि उच्च हुन्छ।
डिस्प्ले रिजोल्युसन को प्रकार के हो
प्रकाशित: २४ पुष २०७९, आईतवार