Technology Khabar २४ पुष २०७९, आईतवार
काठमाडौं ।
लेनोभोले ट्याब एक्सट्रिम ट्याबलेट सार्वजनिक गरेको छ।
वर्ष दिनको प्रतिक्षा पश्चात सामसङको ग्यालेक्सी ट्याब एस ८ अल्ट्राको प्रतिद्वन्द्वीको रुपमा लेनोभोले १४।५ इन्चको ट्याब एक्सट्रिम ट्याबलेटको सार्वजनिक गरेको छ। लेनोभोको उक्त ट्याब एक्सट्रिम नामक एक्सट्रा-लार्ज एन्ड्रोइड मिडिया ट्याबलेटले ल्यापटपहरुलाई प्रतिस्थापना गर्न कबिल रहेको थप बताइएको छ।
ट्याबलेटको ३,००० एक्स १,८७६, १२० हर्ज ओएलईडी डिस्प्लेमा चलचित्र हेर्न र प्रोडक्टिभीको लागि एकदमै उचित भएको बताइएको छ। साथै म्याजिक किबोर्डको सहायताले यस ट्याबलेटलाई उतपादकत्व मुलक कार्यहरु गर्नको लागि प्रयोग गर्न सकिने भनि थप उल्लेख गरिएको छ।
लेनोभोले उक्त ट्याबलेटमा मिडिया टेकको ८-कोर डाईमेनसिटी ९००० चिपको साथै १२३जीबीको र्याम र २५६ जीबीको एक्सपानडेबल स्टोरेज समावेश गरेको छ। त्यसैगरी ट्याबलेटमा डिस्प्लेपोर्ट मोनिटर कनेक्सन र रिभर्स चार्जिङको लागि ३.२ र २.० गरी दुई ओटा यूएसबी–सी पोर्टहरु उपलब्ध गराएको छ। आठ ओटा डल्बी एटमोस–केबल जेबीएल स्पिकरहरु र चार ओटा माईक्रोफोनहरुले गर्दा ट्याबलेटको अडियो क्वालीटि उच्चस्तरियको भएको बताएको छ।
ट्याबलेटमा रहेको १२,३०० एमएएचको ब्याट्रीले कबि १२ घण्टासम्म भिडियो प्लेब्याक थेग्ने भनी बताइएको छ। त्यसैगरी ट्याबलेटमा १३ मेगापिक्सेलको फ्रन्ट र रियर क्यामराको साथै ५ मेगापिक्सेलको फिक्स्ड फोकस सेकेण्डरी क्यामरा समावेश गरिएको भनी बताइएको छ।
सफ्टवेयरले महत्वपूर्ण भुमिका निर्वाह गर्ने भएकोले ट्याबलेटको फ्रि–स्टाईल एपले विन्डोज पीसीको डेक्स्टपलाई एप्पलको साईडकार जसरी मिरर वा एक्सटेन्ड गर्न मद्दत गर्ने बताइएको छ। लेनोभोको उक्त ट्याब एक्सट्रिममा एन्ड्रोइड १३ समावेश गरिएको र ओएस अपडेट्सहरुको बारेमा केहि चिन्ता लिनु नपर्ने भनि उल्लेख गरिएको छ।
लेनोभोको उक्त ट्याब एक्सट्रिम २०२३ को मध्य वा पछिल्लो भागमा आउन सक्ने र उक्त ट्याबको मूल्य १,२०० अमेरिकी डलर देखि शूरु हुन सक्ने बताएको छ। लेनोभोको उक्त ट्याबको मूल्य वर्ष दिन पुरानो भएको सामसङ ग्यालेक्सी ट्याब एस ८ को मूल्यको तुलनामा एकदमै सुहाउँदो भएको भनी उल्लेख गरिएको छ।
प्रकाशित: २४ पुष २०७९, आईतवार