गेमिङलाई प्राथमिकतामा राख्दै वान प्लस ११ सार्वजनिक

Technology Khabar २१ पुष २०७९, बिहीबार

गेमिङलाई प्राथमिकतामा राख्दै वान प्लस ११ सार्वजनिक

काठमाडौं ।

वान प्लस ११ स्मार्टफोन आधिकारीरुपमा सार्वजनिक भएको छ। उक्त स्मार्टफोनमा ६.२ इन्चको २ के १२० हर्ज एमओएलईडी डिस्प्ले र क्वालकमको स्न्यापड्रागन ८ जेन २ चिपसेट समावेश गरिएको उल्लेख गरिएको छ। चिनियाँ बजारमा उक्त स्मार्टफोन आगामी जनवरी ९ तारिखदेखि उपलब्ध हुनेछ।

वानप्लस ११ को डिजाइन, स्पेक्स र क्यामरा
वान प्लसको उक्त नयाँ स्मार्टफोनमा दुई ओटाको सट्टामा तीन ओटा ह्यासलब्लाड क्यामराहरु समावेश गरिएको छ। स्मार्टफोनको मुख्य क्यामराको रुपमा ५० मेगापिक्सेलको सोनी आईएमएक्स ८९० सेन्सर समावेश गरिएको बताइएको छ। उक्त सोनी आईएमएक्स ८९० सेन्सरमा फेज डिटेक्सन अटोफोकस (पीडीएएफ) र अप्टिकल ईमेज स्ट्याब्लिजेसन (ओआईएस) रहेको उल्लेख गरिएको छ।

त्यसैगरी अटो फोकस क्यापाबिलिटिजसहित म्याक्रो क्यामराको रुपमा प्रयोग गर्न मिल्ने अल्ट्रा वाइड क्यामरा ४८ मेगापिक्सेलको रहेको बताइएको छ। साथै ३२ मेगापिक्सेलको सोनी आईएमएक्स ७०९ को २ एक्स टेलिफोटो क्यामरा पनि उक्त स्मार्टफोनमा रहेको बताइएको छ।

फ्रन्ट क्यामराको लागि भने १६ मेगापिक्सेलको सेल्फी क्यामरा स्मार्टफोनमा रहेको थप बताइएको छ।

वान प्लस ११ को क्यामरा सेटअप ओप्पो फाइण्ड एक्स २ को जस्तै भएको बताइएको छ।

त्यसैगरी स्मार्टफोनमा १०० वाट चार्जिङ सपोर्ट गर्ने ५,००० एमएएचको ब्याट्री समावेश गरिएको छ।

गेमिङ पर्फमेन्स
वान प्लस ११ ले गेमिङ पर्फर्मेन्स तर्फ पनि उल्लेखनिय सुधार गरेको बताइएको छ। स्न्यापड्रागन ८ जेन २ चिपसेट र पिक्सेल वर्कको चिपले गर्दा इन्फरमेसनहरु छिटो प्रोसेस भई ग्राफिक्सहरु राम्रोसँग रेन्डर हुने बताइएको छ। साथै स्मार्टफोनमा गेमिङलाई रोचक बनाउनका निम्ति एक्स–एक्सीस भाइब्रेसन मोटर समावेश गरिएको छ। जर्मन ग्रुपले वान प्लस ११ लाई फ्लुइडिटी सर्टिफिकेसन प्रदान गरेको बताइएको छ। तसर्थ वान प्लसको उक्त स्मार्टफोनमा गेमिङको दौरान ल्याग, फ्रिज र विक कनेक्सन जस्ता समस्याहरु ४८ महिनासम्म नआउने बताइएको छ।

प्रकाशित: २१ पुष २०७९, बिहीबार