अनलाइनमार्फत चिठ्ठा परेको भन्दै रकम माग्नेसँग सतर्क हुन साइबर व्यूरोको आग्रह

Technology Khabar १३ मंसिर २०७९, मंगलवार

अनलाइनमार्फत चिठ्ठा परेको भन्दै रकम माग्नेसँग सतर्क हुन साइबर व्यूरोको आग्रह

काठमाडौं ।

नेपाल प्रहरीले अनलाइनमार्फत चिठ्ठा परेको भन्दै कर भुक्तानीका लागि रकम माग गरेमा वा गिफ्ट पठाई दिने भनेमा रकम नदिन आग्रह गरेको छ।

प्रहरीको साइबर व्यूरोले सार्वजनिक सूचना प्रकाशित गर्दै अनलाइनमा मात्र चिनजान भएका साथीले रकम माग गरे नदिन सचेत गराएको हो।

विगत केही समयदेखि ब्यक्ति/आपराधिक समूहले प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जाल मार्फत उल्लेखित प्रवृत्ति अपनाउदै अनलाइनबाट ठगी गर्ने कार्य दिन प्रतिदिन वढ्दै गइरहेको पाइएको हुँदा यस्ता ठगीने प्रवृत्तिबाट सजग रहन भनेको हो।

ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक पशुपति कुमार रायद्वारा जारी सूचनामा सामाजिक सञ्जाल ह्याक गरी उक्त सामाजिक सञ्जाल प्रयोग कर्ताका निकटतम साथी पहिचान गरी विभिन्न बर-बाहानामा रकम माग गर्नेबाट समेत सुरक्षित हुन भनेको हो।

ब्यूरोले साथीभाइको सामाजिक सञ्जालबाट जरुरी कोड नम्बर पठाएको छु भनि ओटीपी (वन टाइम पासवर्ड) माग गरी सम्बन्धित खातावालाको खाताबाट रकम निकाल्ने गरिएको उल्लेख गरेको छ।

अनलाइनमा सस्तोमा सामान बिक्रीमा राख्ने र समान पठाउनु पहिलेनै रकम असुल गरी सामान आपुर्ति नगर्ने र सामाजिक सञ्जाल मार्फत प्रेमजालमा पारी अनेकन बाहाना बनाई बैङ्कको खाता खोल्न लगाई एटीएम कार्ड, ओटीपी लगायतको विवरण लिने गरिएकोमा सतर्क हुन अनुरोध गरेको हो।

Global Bank
easy care

प्रकाशित: १३ मंसिर २०७९, मंगलवार

ताजा समाचार