११ अर्ब ७२ करोडको टेलिकम्यूनिकेसन उपकरण र पार्टस् आयात

  • Technology Khabar | १ मंसिर २०७९, बिहीबार
११ अर्ब ७२ करोडको टेलिकम्यूनिकेसन उपकरण र पार्टस् आयात

काठमाडौं ।

नेपालमा टेलिकम्यूनिकेसन उपकरण तथा पार्टसको आयात घट्दो क्रममा देखिएको छ। चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ११ अर्ब ७२ करोड १७ लाख रुपैयाँ बराबरको टेलिकम्यूनिकसेन उपकरण तथा पार्टस् आयात भएको राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा देखिएको हो।

गत वर्षको सोही अवधिको तुलनमा टेलिकम्यूनिकेसन उपकरण तथा पार्टस् आयात ४२.३ प्रतिशतले घटेको छ। २०७८÷७९ को असोजमसान्तसम्म २० अर्ब ३१ करोड ७४ लाख रुपैयाँ बराबरको टेलिकम्यूनिकेसन उपकरण तथा पार्टस् आयात भएको थियो।

नेपालमा सबैभन्दा धेरै टेलिकम्यूनिकेसन उपकरण तथा पार्टस् चीनबाट आयात हुने गरेको छ।

चालु आवको असोज मसान्तसम्म चीनबाट ८ अर्ब ९२ करोड २४ लाख रुपैयाँको टेलिकम्यूनिकेसन उपकरण तथा पार्टस्को आयात भएको छ। गत वर्षको सोही अवधिमामा १२ अर्ब ९३ करोड ८ लाख रुपैयाँको टेलिकम्यूनिकेसन उपकरण तथा पार्टस् आयात भएको थियो। चीनबाट आउने टेलिकम्यूनिकेसन उपकरण तथा पार्टस् ३१ प्रतिशतले घटेको छ।

चालु आवको असोज मसान्तसम्म भारतबाट २ अर्ब २९ करोड ७७ लाख रुपैयाँको टेलिकम्यूनिकेसन उपकरण तथा पार्टस् आयात भएको छ। गत वर्षको सोही अवधिको तुलनामा टेलिकम्यूनिकेसन उपकरण तथा पार्टस्को आयात ६५ प्रतिशतले घटेको छ। गत वर्षको सोही अवधिमा ६ अर्ब ५६ करोड ६० लाख रुपैयाँको टेलिकम्यूनिकेसन उपकरण तथा पार्टस् आयात भएको थियो।

प्रकाशित: १ मंसिर २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार