एप्पलले २०२३ मार्चदेखि एआर/भीआर हेडसेटको मास उत्पादन शुरु गर्ने

Technology Khabar २५ कार्तिक २०७९, शुक्रबार

एप्पलले २०२३ मार्चदेखि एआर/भीआर हेडसेटको मास उत्पादन शुरु गर्ने
Global IME Bank

काठमाडौं ।

एप्पलले बहुप्रतिक्षित एआर/भीआर हेडसेटको उत्पादन शुरु गर्ने भएको छ।

म्याकरोमरका अनुसार एप्पलले एआर/भीआर हेडसेटको मास उत्पादन २०२३ को मार्चदेखि शुरु गर्नेछ।

हाल एप्पल एआर/भीआर हेडसेट उत्पादन शुरु हुन अघि प्रमाणीकरण प्रक्रियामा रहेको छ।

एप्पलले आफ्नो पहिलो एआर/भीआर हेडसेटको मुख्य सप्लायरको रुपमा चीन स्थित निर्माता पेगाट्रोनसँग काम गर्ने निर्णय गरेको छ।

एप्पलको मिक्स्ड रियालीटी हेडसेट २०२३ को मार्चमा सार्वजनिक हुनेछ।

रिपोर्टका अनुसार एआर/भीआर हेडसेट सार्वजनिक भएको पहिलो शुरुवाती वर्षमा करिब ७ लाख देखि ८ लाख यूनिट मात्र सप्लाई हुनेछ।

यस अघि कम्पनीले पहिलो वर्ष २५ लाख यूनिट हेटसेट सप्लाई गर्ने योजना बनाएको छ।

Sajilo Visa

प्रकाशित: २५ कार्तिक २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार