निटाले एनभीडीयासँगको साझेदारीमा भविष्यका मोडेलहरूमा ड्राइभ ओरिन चिप्स राख्ने

Technology Khabar १४ कार्तिक २०७९, सोमबार

निटाले एनभीडीयासँगको साझेदारीमा भविष्यका मोडेलहरूमा ड्राइभ ओरिन चिप्स राख्ने
फाइल तस्विर

काठमाडौं ।

चीनको होजोन अटोको स्वामित्वमा रहेको विद्युतीय सवारी कम्पनी निटा अटोले एनभीडीयासँग साझेदारी गरेको छ। यसका साथमा अमेरिकी चिप जायन्टको स्मार्ट ड्राइभिङ चिप प्रयोग गर्ने नवीनतम स्थानीय विद्युतीय सवारी (इभी) निर्माता बनेको छ।

एनभीडीयाको ड्राइभ ओरिन (DRIVE Orin) कम्प्युटिङ प्लेटफर्मलाई भविष्यका मोडेलहरूमा लैजानको लागि निटाले अक्टोबर २७ मा एनभीडीयासँग साझेदारीमा प्रवेश गरेको कम्पनीले बताएको छ।

कम्पनीको एक विज्ञप्ति अनुसार निटा र एनभीडीया चाइनाका कार्यकारीहरूले झेजियाङ प्रान्तको टोङ्क्सियाङमा रहेको ईभी निर्माता कारखानामा साझेदारीमा हस्ताक्षर गरेका छन्।

निटाले मुख्यतया सस्तो इभी बजारलाई लक्षित गर्दैछ, जहाँ निटा भी र निटा यू हाल लगभग १ लाख युआन (करिब १३,८३० डलर) मा डेलिभर भईरहेको सीएनइभीपोस्टले लेखेको छ।

जुलाई ३१ मा, निटाले आधिकारिक रूपमा यसको फ्ल्यागशिप सेडान नेटा एस, १९९,८०० देखि ३३८,८०० युआनको मूल्य दायराको साथ सुरू गर्यो।

असिस्टेड ड्राइभिङ चिपको सन्दर्भमा, निटाले आफ्नो फ्ल्यागशिप मोडेललाई निओ र एक्सपेङ्ग मोटर्स लगायतका स्थानीय समकक्षहरू जस्तै एनभिडियाको ओरिन चिपका साथ सुसज्जित बनाएको छैन, तर ह्वावेको एमडिसी६१० कम्प्युटिङ प्लेटफर्म अपनाएको छ।

अक्टोबर १० मा, निटाले निटा यू-२ को उत्तराधिकारीको रूपमा चीनमा आधिकारिक रूपमा निटा यू-२ इलेक्ट्रिक एसयूभी उपलब्ध गराएको थियो।

कम्पनीको विज्ञप्ती अनुसार निटा र एनभीडीयाले यसको केन्द्रीय सुपरकम्प्युटिङ प्लेटफर्मको लागि ईभी निर्माताको नयाँ ईई (EE) आर्किटेक्चरमा गहिरो सहकार्य गर्ने छ।

‘निटाले केन्द्रीय कम्प्युटिङ ईई आर्किटेक्चरको लागि कोर प्रविधि र मोडेलहरूको नयाँ पुस्ताको विकास गरिरहेको छ जसले सवारी साधनको बुद्धिमत्ता र सुरक्षालाई थप वृद्धि गर्नेछ,’ ईभी निर्माताका सह-संस्थापक र सीईओ झाङ योङले भने।

निटाका पछिल्ला नयाँ मोडलहरू एनभीडीया ड्राइभ ओरिन प्रणाली-अन-चिपसँग सुसज्जित हुनेछन्, जसमा नयाँ जीपीयू र १२ कोर एआरएम सीपीयू प्रति चिप २५४ टप्ससम्मको कम्प्युटिङ पावर रहेको छ, जुन अधिकांश मुख्यधाराको कम्प्युटिङ चिप्स पावरको लगभग १० गुणा बढी भएको कम्पनीले भन्यो।

तथ्यांकअनुसार जनवरीदेखि सेप्टेम्बरसम्म, निटाले गत वर्षको सोही अवधिमा ४१,४२७ इकाइको तुलनामा १६८.४० प्रतिशतले वृद्धि गर्दै १११,१९० युनिट सवारी साधन डेलिभरी गरेको छ।

निटाका इभीहरु नेपाली बजारमा समेत उपलब्ध छन्। चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले आयात गरेर नेपालमा ‘निटा भी’ उपलब्ध गराउँदै आएको छ।

easy care

प्रकाशित: १४ कार्तिक २०७९, सोमबार