दशैंलाई लक्षित गरि नेपाली बजारमा रेडमी मोबाइलको मूल्य घट्यो

Technology Khabar ३ आश्विन २०७९, सोमबार

दशैंलाई लक्षित गरि नेपाली बजारमा रेडमी मोबाइलको मूल्य घट्यो

काठमाडौं ।

दशैं चाडलाई मध्यनजर गर्दै रेडमीले नेपाली बजारमा मूल्य घटाएको छ।

पर्वको अवसरमा स्किम सहित रेडमीको विभिन्न मोडलको मोबाइलको मूल्य घटाएको जनाएको हो।

मोबाइल सस्तो हुनेमा रेडमी नोट ११ सिरिजमा १ हजार रुपैँया र रेड्मी नोट १२ सिरिजमा ३ हजार रुपैयाँसम्म घटेको कम्पनीले जनाएको छ।

यो अफर आइतबार असोज २ देखि १७ गतेसम्म सञ्चालन हुने छ।
घटेको रेडमी मोबाइल शुल्क अन्तर्गत रेडमी नोट ११ ४/६४ को १ हजार रुपैयाँ घटेर २२ हजार ९९९ रुपैयाँ तोकिएको छ।

यस्तै रेडमी नोट ११ ४/१२८ को १ हजार रुपैयाँ कम गरि २३ हजार ९९९ निर्धारण गरिएको छ।

रेडमी नोट ११ ६/१२८ को पनि १ हजार कम गरि २६ हजार ९९९,रेडमी नोट ११ एस ६/१२८ को २९ हजार ९९९ रहेको छ। यसको पनि १ हजार रुपैयाँ कम हो।

यसैगरि १ हजार रुपैयाँ धम हुनेमा रेडमी नोट ११ एस ८/१२८ को ३१ हजार ९९९,रेडमी नोट ११ प्रो ६/१२८ को ३३ हजार ९९९,रेडमी नोट ११ प्रो ८/१२८ को ३५ हजार ९९९,रेडमी नोट ११ प्रो ८/१२८ को ३५ हजार ९९९,रेडमी नोट ११ प्रो फाईभ जी ६/१२८ को ३७ हजार ४९९ रुपैयाँ मुल्य निर्धारण गरिएको छ।

यस्तै रेडमी नोट ११ प्रो फाईभ जी ८/१२८ को ४० हजार ४९९ रुपैयाँ तोकिएको छ।

रेडमी नोट १२ लाइट ८/१२८ को ४९ हजार ९९९ रुपैयाँ रहेको छ।

रेडमी नोट १२ एक्स ८/२५६ को ३ हजार रुपैयाँ कम गरि ६८ हजार ९९९ र ३ हजार रुपैयाँ कम हुनेमा अर्को रेडमी नोट १२ ८/२५६ को ८४ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ।

Sajilo Visa

प्रकाशित: ३ आश्विन २०७९, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार