Technology Khabar २७ भाद्र २०७९, सोमबार
काठमाडौं ।
फोर्डले इलेक्ट्रिक सवारीको बिक्रीमा टेस्लासँग प्रतिस्पर्धा गर्ने भएको छ। इलेक्ट्रेकका अनुसार फोर्डका सीईओ जिम फार्लीले टेस्लासँग प्रतिस्पर्धा गर्न इलेक्ट्रिक सवारीको मूल्य घटाउन अर्को हप्ता डिलरसँग भेट्ने भएका छन्।
टेस्लाले डिलरशिपलाई पूर्ण रुपमा छोड्दै अनलाइन वेबसाइट मार्फत उपभोक्ताहरुलाई बिक्री गर्दै आइरहेको छ। जसको मद्दतबाट टेस्लाले डीलरशिप सम्बन्धित लागत कटौती गर्दै डेलिभरीलाई व्यवस्थित गर्दै आइरहेको छ।
टेस्लाले डिलरशिप बिनै इलेक्ट्रिक सवारी बिक्री गर्दा धेरैले यसलाई जोखिम मानेका थिए। तर यो अहिले कम्पनीको सबैभन्दा ठूलो फाइदाको रुपमा देखिएको छ।
इलेक्ट्रिक कार बिक्री गरेको वर्षौपछि टेस्लाले डाइरेक्लि टु बायर (डीटीसी) मोडलले काम मात्र नगर्ने र यो अझ प्रभावकारी भएको भनेर प्रमाणित गरिरहेको छ।
डिलरशिपहरुले सवारी बिक्रीबाट आफ्नो नाफा कमाउँछन्। जसले उपभोक्ताको लागत बढ्न जान्छ। साथै डिलरहरुको कर्मचारी, स्टोर भाडाका कारण खर्च बढ्न जान्छ। जसको लागत खरिदकर्ताले चुकाउनु पर्छ।
पछिल्लो समय फोर्डले अनलाइन खरिदकर्ताहरुलाई लक्षित गर्दै आइरहेको छ। जिम फार्लीले अर्को हप्ता डिलरसँग हुने नयाँ सम्झौता इलेक्ट्रिक गाडीहरुको बिक्री प्रवद्र्धनमा केन्द्रित हुने बताए। विशेष गरी फार्ली लागतमा केन्द्रित हुनेछन्। जुलाईमा फोर्डका सीईओले टेस्ला र अन्य ईभी अटोमेकरसँग प्रतिस्पर्धा गर्नका लागि बिक्री लागत करिब २ हजार अमेरिकी डलरले घटाउनु पर्ने बताएका थिए।
यसका लागि फोर्डले कम इन्भेन्टरी मोडलरहरु सीधा उपभोक्तालाई बिक्री गरिरहेको छ। यसबाट करिब ६०० देखि ७०० अमेरिकी डलर प्रति युनिट लागत घटाउन मद्दत गर्नेछ। तर यो अझै पनि टेस्लासँग प्रतिस्पर्धा गर्न पर्याप्त नभएको फार्लीको भनाइ छ। जसका लागि कम्पनीले छिट्टै नयाँ मूल्य निर्धारण गर्न सक्ने अनुमान गरिएको छ।
प्रकाशित: २७ भाद्र २०७९, सोमबार