Technology Khabar २४ भाद्र २०७९, शुक्रबार
काठमाडौं ।
शहर सौन्दर्यता र तार व्यवस्थापनबारे इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) र काठमाडौ महानगरपालिका प्रमुख बालेन्द्र शाहबीच छलफल भएको छ।
काठमाडौं महानगरपािलकामा भएको छलफल बैठकमा तार व्यवस्थापन गर्न पूर्वाधार कम्पनी अपरिहार्य भएकोले महानगर प्रमुख शाहले सोका लागि आवश्यक कार्य/पहल गर्ने भनिएको आइस्पानका सीईओ सुभाष खड्काले जानकारी दिए।
टेक्नोलोजीखबरसँग कुरा गर्दै उनले भने,“इन्टरनेट तार अत्यावश्यक पर्ने भएकाले व्यवस्थापनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग समन्वयन गरि नेपाल टेलिकमको खम्बा प्रयोग गर्न सकिने, पूर्ण सुधारको लागि पूर्वाधार कम्पनीको विकल्प नभएकाले काठमाडौ महानगरपालिका प्रमुख शाह सकारात्मक हुनुहुन्छ।”
अप्टिकल फाइबरमा देखिएको आगलागी कुनै कम्पनीको हुनसक्ने भएकाले निवारणका लागि व्यवस्थापन गर्न तयार रहेको समेत जानकारी गराएको आइस्पानका सीईओ खड्काले उल्लेख गरे।
प्रकाशित: २४ भाद्र २०७९, शुक्रबार