सहप्राध्यापक डा. खरेलको मृत्यु

Technology Khabar २४ भाद्र २०७९, शुक्रबार

सहप्राध्यापक डा. खरेलको मृत्यु
Global IME Bank

काठमाडौं ।

काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक डा.पुरुषोत्तम खरेलको मृत्यु भएको छ।

डा.खरेलको आज बिहान काठमाडौं सिफलस्थित आफ्नै घरमा ६४ वर्षको उमेरमा निधन भएको हो।

काठमाडौं विश्वविद्यालयमा करिब दुई दशक कम्प्युटर विज्ञान र सूचना प्रविधि विषयमा अध्यापन गरेका डा.खरेल ब्रेन ट्युमर र क्यान्सर रोगबाट पीडित थिए।

नयाँ दिल्ली र काठमाडौंका केही अस्पतालमा उपचार गरेपनि पछिल्लो केही समयदेखि घरमै स्वास्थ्य लाभ भइरहेको काठमाडौं विश्वविद्यालयले जनाएको छ।

भेटेनरी विज्ञान पृष्ठभूमिबाट आईटी क्षेत्रमा प्रवेश गरेका डा.खरेल सन् २००० मा बीआईएस (बिजनेश इन्फर्मेसन सिस्टम) को शिक्षकका रुपमा काठमाडौं विश्वविद्यालयमा जोडिएका थिए।

केयूमै ‘एमटेक ईन आईटी’को पहिलो ब्याचका विद्यार्थीका रुपमा स्नातकोत्तर तह पूरा गरेपछि खरेलले उपप्राध्यापकका रूपमा काम गर्न थाले। त्यस्तै उनले ई–गभर्नेन्स विषयमा विद्यावारिधि हासिल गरेका थिए।

केयूमा सी प्रोग्रामिङदेखि सिस्टम डिजाइन एन्ड एनलाइटिक्स लगायतका विषय अध्यापन गराएका उनले कम्प्युटर साइन्स इन्ड इन्जिनियरिङ विभागको प्रमुखका रूपमा समेत कार्य गरेका थिए।

६० वर्षे उमेर म्यादका कारण केयूबाट चार वर्षअघि अवकाश पाएका हुन्।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २४ भाद्र २०७९, शुक्रबार