एएमडीको नयाँ ५एनएममा आधारित रेजेन ७००० सिरिज प्रोसेसर सार्वजनिक

Technology Khabar १६ भाद्र २०७९, बिहीबार

एएमडीको नयाँ ५एनएममा आधारित रेजेन ७००० सिरिज प्रोसेसर सार्वजनिक
Global IME Bank

काठमाडौं ।

एएमडीले नयाँ जेनेरेसनको ५एनएममा आधारित रेजेन ७००० सिरिज प्रोसेसर सार्वजनिक गरेको छ। एमडीले ४ नयाँ प्रोसेसरहरु सार्वजनिक गरेको हो। जसले फरक मूल्य दायरामा फरक पर्फमेन्स र कार्यक्षमता प्रदान गर्छ।

नयाँ रेजेन ७००० सिरिजका सीपीयूले व्यवसायी गेमर तथा प्रयोगकर्ताबाट उत्साजन प्रतिक्रिया प्राप्त गरेको गिज्मोचाइनाले उल्लेख गरेको छ।

रेजेन सिरिज अन्तर्गत रेजेन ५ ७६००एक्स, रेजेन ७ ७७००एक्स, रेजेन ९ ७९५०एक्स र टप भेरियन्ट रेजेन ९ ७९५०एक्स सीपीयू रहेको छ।
रेजेन ७००० सिरिजका डेस्कटप प्रोसेसरहरु नयाँ सकेट एएम५ प्लेटफर्म सपोर्ट गर्छ।

यसले २४ पीसीआईई ५.० लेनहरुमा डुअल च्यानल डीडीआर५ मेमोरी सपोर्ट छ। कम्पनीको तर्फबाट २०२५ सम्म अपडेट उपलब्ध हुनेछ।
रेजेन ५ ७६००एकस इन्ट्रीलेभल मोडल भए पनि यसमा शक्तिशाली प्रोसेसर दिइएको छ।

नयाँ एएमडी रेजेन ७०० सिरिज प्रोसेसर २७ सेक्टेम्बर २०२२ देखि बिक्रीका लागि उपलब्ध हुनेछ। रेजन ५ ७६००एक्सको मूल्य २९९ अमेरिकी डलर, रेजेन ७ ७७००एक्सको मूल्य ३९९ अमेरिकी डलर र रेजेन ९ ७९००एक्सको मूल्य ५४९ अमेरिकी डलर तोकिएको छ।

भने फ्ल्यागसिप रेजेन ९ ७९५०एक्स प्रोसेसरको मूल्य ६९९ अमेरिकी डलर तोकिएको छ।

Sajilo Visa

प्रकाशित: १६ भाद्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार