डिजिटल नेपाल एक्सलरेसन सरकारको प्राथमिकतामा

Technology Khabar १४ भाद्र २०७९, मंगलवार

डिजिटल नेपाल एक्सलरेसन सरकारको प्राथमिकतामा
Global IME Bank

काठमाडौं ।

डिजिटल नेपाल एक्सलरेसन सरकारको प्राथमिकतामा परेको छ।

त्यसका लागि नेपाल सरकारले डिजिटल नेपाल एक्सलरेसन परियोजना शुरू गर्ने भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

उनले हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु आज मंगलबार सार्वजनिक गर्दै डिजिटल नेपाल एक्सलरेसन परियोजनाका लागि नेपाल सरकारले १७ अर्ब रुपैयाँ सहुलियत ऋण लिने जानकारी दिए।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट डिजिटल नेपाल एक्सलरेसन परियोजनाका लागि १७ अर्ब २५ करोडरुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको बताए।

डिजिटल नेपाल एक्सिलेरेसन परियोजना कार्यान्वयनका लागि सरकारले विभिन्न संरचना खडा गर्ने भएकाले सहयोगको आवश्यकता परेको उनले बताए।

कार्यान्वयनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको संयोजकत्वमा एउटा स्टेरिङ कमिटी समेत भएको छ।

त्यसमा विभिन्न निकायका प्रमुखहरू सदस्य हुनेछन्। त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा परियोजना व्यवस्थापन युनिट छ। युनिटमा मन्त्रालयका साथै सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण तथा राष्ट्रिय सूचना तथा प्रविधि केन्द्रसमेत रहेका छन्।

डिजिटल नेपाल एक्सिलेरेसन परियोजनामा साइबर सुरक्षालाई मजबुत पार्न साइबर सुरक्षा केन्द्र, सेक्युरिटी अपरेटिङ सेन्टर, नेटवर्क अपरेटिङ सेन्टर र साइबर सेक्युरिटी प्रयोगशाला, फरेन्सिक ल्याब स्थापना गर्ने हुन्छ।

ब्रोडब्याण्ड कनेक्टिभिटी (इन्टरनेट), डिजिटल अर्थतन्त्र, डिजिटल सरकार यहि डिजिटल नेपाल एक्सिलेरेसन परियोजनाबाट सञ्चालन हुनेछ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: १४ भाद्र २०७९, मंगलवार

ताजा समाचार