एचपी ३४ इन्च अल इन वान डेस्कटप पीसी सार्वजनिक

Technology Khabar १० भाद्र २०७९, शुक्रबार

एचपी ३४ इन्च अल इन वान डेस्कटप पीसी सार्वजनिक

काठमाडौं ।

एचपीले नयाँ एचपी ३४ इन्च अल इन वान डेस्कटप पीसी सार्वजनिक गरेको छ। नयाँ डेस्कटपले प्रयोगकर्तालाई स्टुडियो जस्तो अनुभव र स्टुडियो गुणस्तर दिने कम्पनीको दाबी छ।

नयाँ अल इन वानमा ५ के अल्ट्रा वाइड रिजोल्यूसन आईपीएस डिस्प्लेका साथ २१ः९ अस्पेक्ट रेसियो दिन्छ। यो प्यानलले ५०० निट ब्राइटनेस र ९८ प्रतिशतसम्म डीसीआई–पी३ कलर गामट कभर गर्न सक्छ।

एचपी एआईओमा इन्टेल कोर आई९-१२९०० भीप्रो, एनभिडा आरटीएक्स ३०६० (६जीबी जीडीडीआर६एक्स) एलएचआर जीपीयू, ४ टीबी स्टोरेज क्षमताको दुई एनभीएमई एम.२ एसएसडी र १२८ जीबीको डीडीआर४-४८०० र्याम छ।

स्टोरेज र र्यामलाई कम्प्युटरको ब्याकसाइडमा रहेको खुल्ने प्यानल मार्फत सजिलै अपग्रेड र बदल्न सकिन्छ।

डिभाइसको पछाडि थन्डरबोल्ट ४ पोर्ट, चार यूएसबी पोर्ट (१० जीबीपीएस), एचडीएमआई २.१, आरजे४५ र ३.५ एमएम ज्याक सहितका पोर्टहरु छन्। वेब कलिङका लागि म्यागनेटिक १६ मेगापिक्सल (४ मेगापिक्सल बिन) क्यामरा दिइएको छ।

आई५-१२५०० र आरटीएक्स ३०५० (४जीबी) एलएचआर जीपीयू युक्त एचपी ३४ इन्च अल इन वान डेस्कटप पीसीको मूल्य २ हजार ११९ अमेरिकी डलर तोकिएको छ। बिक्रीका सेप्टेम्बरमा उपलब्ध हुने अपेक्षा गरिएको गिज्मोचाइनाले उल्लेख गरेको छ।

easy care

प्रकाशित: १० भाद्र २०७९, शुक्रबार