Technology Khabar १० भाद्र २०७९, शुक्रबार
काठमाडौं ।
टेस्ला प्रतिस्पर्धी कम्पनीको तुलनामा एडभान्स ड्राइभिङ प्रविधिका साथ ईभी कार बजारमा अग्र स्थानमा छ।
टेस्ला कारको ‘सेल्फ ड्राइभिङ/अटोपाइलट’ प्रविधिलाई हाल बजारमा उपलब्ध सवारीमध्येमा अब्बल मानिन्छ।
अन्य कम्पनीको तुलनामा टेस्लाको सेल्फ ड्राइभिङ प्रविधि एडभान्स भए पनि यो पूर्ण रुपमा सूरक्षित नभएको तथ्य विभिन्न समयमा बाहिरिने गरेको छ। टेस्लाको फिचरमा रहेको कमजोरीका कारण कयौं दुर्घटना पनि निम्तिएका छन्।
हालै भाइलर भएको भिडियोमा टेस्लाको सेल्फ ड्राइभिङ सफ्टवेयर ट्रक र बग्गी (एक प्रकारको टागाँ)मा भ्रमित भएको देखिन्छ।
भिडियोमा टेस्लाको सफ्टवेयर बग्गी पहिचान गर्न असमर्थ भएको देखिन्छ। उक्त समय टेस्ला कार बग्गीको पछाडि गुडिरहेको थियो। टेस्लाको सफ्टवेयर बग्गीलाई ट्रक सम्झेर भ्रमित भएको छ।
टेस्लाको सेल्फ ड्राइभिङ सफ्टवेयरले बग्गीको लम्बाईका कारण ट्रक सम्झिन्छ। उक्त भिडियो बाहिरिएसँगै सामाजिक सञ्जालमा भाइरल भइरहेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।
प्रकाशित: १० भाद्र २०७९, शुक्रबार