‘अबको डिजिटल बैंक भनेको ‘नियो’ वा ‘ओपन’ बैंक नै हो’ -राजेश शर्मा, सीओओ, मेगा बैंक नेपाल

Technology Khabar ४ भाद्र २०७९, शनिबार

‘अबको डिजिटल बैंक भनेको ‘नियो’ वा ‘ओपन’ बैंक नै हो’ -राजेश शर्मा, सीओओ, मेगा बैंक नेपाल

काठमाडौं ।

मेगा बैंक नेपाल लिमिटेडले १२ वर्षको समयावधिमा देशभर २०८ शाखा, २५ एक्सटेन्सन काउन्टर र १४६ एटीएमका साथै ६० शाखारहित बैंकिङ (बीएलबी) आउटलेट र ३,२०० भन्दा बढी मेगा रेमिट एजेन्टहरूलाई संचालन गर्दछ।

‘क’ वर्गको बैंकहरुमध्ये कान्छो भएतापनि पछिल्लो समय बैंकले आफूलाई डिजिटल बैंकमा रुपान्तरण गरिरहँदा सबैभन्दा अब्बल देखिएको छ। विश्व बैंकिङ्ग क्षेत्र ‘डिजी’ बैंक वा ‘नियो बैंक’मा पुगिसकेको र फिजिकल बैंकहरुको अवधारणा पुरानो भईरहेको सन्दर्भमा हामीले मेगा बैंक नेपालका चिफ अपरेटिङ्ग अफिसर (सीओओ) राजेश शर्मासँग डिजिटल बैंकिङ्ग, नियो बैंकिङ्ग, डिजिटल सिग्नेचरको प्रयोग लगायतका विषयमा कुराकानी गरेका छौं।

प्रस्तुत छ चिफ अपरेटिङ्ग अफिसर राजेश शर्मासँगको कुराकानीको सम्पादित अंश:-

के अहिले हाम्रा बैंकहरु डिजिट्लाईज भएका छन्। सामान्य भाषामा भन्दा डिजिटल बैंकिङ्ग भनेको के हो ? र कस्तो हुनुपर्दछ ?

हामीले बैंक क्षेत्रमा एउटा पाराडाईम सिफ्ट देख्न पायौं, बैकिङ्ग पहिला ढड्डामा थियो र लेजर बैंक सुरु हुँदै थियो । केहि बैँकहरु कम्प्युटरलाईज्ड हुँदै आएका थिए। त्यसपछि सरकारी बैंकहरु पनि कम्प्युटरलाईज्ड हुन थाले, अनि मोबाइल र डिजीटल बैकिङ्ग आउन थाले । मान्छेले पहिला बैँकमा गएर सबै काम गर्थे भने सन् २०१५ पछि बैकमा त्यति धेरै आउन नपर्ने भएकोछ । हुन त सन् २०११/२०१२ देखि नै डिजीटलाइजेशन सुरु भएको थियो। सिमित बैंक र शाखा हुँदा त्यसबेला पनि मान्छेहरुलाई एक, दुई घण्टा बैंकमा समय लाग्ने थियो भने मान्छेहरु व्यस्त भए अनि पहिला जस्तो समय दिन नसके पछि बैंकको नेटवर्क पनि सबैतिर खुल्दै गयो। घरैबाट नजिकै जतिसक्दो सजिलो भयो।

यो वर्षलाई हाम्रो ‘डिजिटल बैंकिङ्ग’ वर्ष बनाउने भन्ने नारा छ र अहिले आएर ओपन बैकिङ्ग र नियो बैकिङ्ग बनाउने भन्ने छ।

त्यो अनुसार विश्वमा र्यापिडली ग्रोथ भयो । भारतमा नै हेर्ने हो भने हामी ५ वर्ष पछाडि भएका छौँ । यस्तो भएपनि अहिले हामी डिजिटल बैकिङ्गमा जान सुरु भई सकेको छ। मेरो अनुभवमा पहिला चाबहिलदेखि मान्छेहरु कमलादी आउँथे भने, अहिले सबैजना आफुलाई सजिलो हुने ठाउँमा जान्छन् र धेरै मानिसहरुले डिजिटल बैंकको सुबिधा प्रयोग गरेका छन् । नेपालको परिप्रेक्ष्यमा पनि अलिकति कमजोर भएपनि अब डिजिटल बैंकको कन्सेप्ट बसेको छ। मान्छेहरु बाहिरी देशहरुको जस्तै सुबिधा खोज्छन् । त्यस्तो नभए पनि अहिले हरेक बैंकका आआफना छुटै डिजिटल युनिटहरु रहेका छन् र तिनिहरुले यही कुरालाई प्राथमिकता दिएका छन् ।

बाहिर देशको जस्तै पुरा डिजिटलरुपमा लागु गर्न नसक्नुको कारण रुल्स, रेगुलेसन र चाहिने जति एडभान्स नभएकाले गर्न नसकेको हो । यसमा राष्ट्र बैंक पनि त्यति धेरै अगाडि जान सकेको छैन्। जस्तै डिजिटल बैंकमा ट्रान्सफर गर्दा दिनको २५,००० वा दिनको यति रकम मात्र भन्दै रोकिराखेको हुन्छ । अब त्यसलाई कसरी सुरक्षित बनाउने भन्ने कन्डिसनका साथमा रेगुलेटरबाट जति ओपननेस हुन्छ- त्यसले सहज हुन्छ। ‘कन्टोर्ल फ्याक्टर्स’ लगाउँ, ‘सेक्यूरिटीमा कम्प्रोमाइज’ नगरौँ । ओपननेस र प्रमोट गर्ने खोज्ने तर अलिकति बाँधिएको जस्तो देखिन्छ। कम्मरमा डोरी बाँधेर अगाडि बढ् भने जस्तो भयो, अलिकति सोच र काम गराईमा म्याचिङ्ग नगरेको अवस्था जस्तो देखियो । शुरुवात भएको छ तर ग्राहकका लागि राज्यले क्रान्ति गर्ने तरिकाले गर्नुपर्नेछ।

यो वर्षलाई हाम्रो ‘डिजिटल बैंकिङ्ग’ वर्ष बनाउने भन्ने नारा छ र अहिले आएर ओपन बैकिङ्ग र नियो बैकिङ्ग बनाउने भन्ने छ। भारतमा फिन्टेक कम्पनीहरु समेत आइसकेको छ र डिजीटल बैंक बनाउन सुरु गरिसकेका छन् । अब नेपालमा पनि कन्सेप्टहरु ल्याएको छ। तर हाम्रो बाफियाले भने फिजिकल बैंक मात्र परिकल्पना गरेका छौँ र हाम्रोमा डिजिटल बैंकको परिकल्पना नै गरेको छैन। मौद्रिक नीतिमा लेखिएको छ तर त्यो गरेपछि हाम्रो रुल्स रेगुलेसनमा चेन्ज आउनु पर्यो । सबै परिवर्तन गरेपछि बाटोहरु खुल्दै जान्छ। अहिले पेमेन्टहरु इस्यु गरिदिएको छ तर त्यति मात्र भएर भएन।

गाउँघरका भर्खर मोबाइल चलाउने अनपढ मान्छे भन्दा पनि शहरका मान्छे जालमा फसिराखेको छन् र त्यो लोभमा चाँडै फसिहाल्ने र आइप्याड, आइफोन भने पछि सबै चिज बिर्सी हाल्छन।

अहिले डिजिटल फ्रड भयो भनेर मात्र चर्चा हुने गरेको छ। एउटाको पैसा अरुकोमा गयो भन्ने कुरा त सचेतनाको कमीले गर्दा हो नी त। मोबाइल बैंकका लागि फाराममा नम्बर लेख्ने भनेको छ र तर यो नम्बर नै ग्राहकले सबैलाई बाँडेपछि त्यो फ्रडको लागि सहयोगी हुने गरेको देखिएको छ। त्यसैले मोबाइल बैंक भनेर लिएका छन् तर आफैंले कम्प्रोमाइज गरेको अवस्था छ। हुनेखाने र पढेलेखेकाले पनि त्यो आफूले नै कम्प्रोमाइज गरेको अवस्था छ। अनि नेपालीहरु मेरो बैंकमा राखेको पैसा हरायो, मलाई मेरो पैसा चाहियो भनेर आरोप लगाउन आउँछन् । अहिले ग्राहकहरुको काम भनेको घरमा साँचो लगाएर अरुको हातमा चाबी बुझाई दिने किसिमको छ । उसले पासवर्डमा कम्प्रोमाइज गरेको छ तर उसलाई त्यो मतलब नै छैन्।

त्यसोभए डिजिटल बैंकको बारेमा बैंक तथा नियमनकारीहरुले ग्राहक सचेतना गर्न कमजोरी भएको हो ?

एकदम सही हो । हुनुपर्ने ‘डिजिटल अवेयरनेस’ हो । पत्रिकामा अनलाइनमा बैँकबाट रातारात यति लाख रुपैयाँ गायब भएको भन्ने हेडलाइन् आउँछ र अनि मान्छेको दिमागमा बैंकबाट ठगी भएको भन्ने असर पर्छ । त्यसमा भित्र पढ्यो भन्ने कन्टेन्ट नै बुझेर लेखेको हुँदैन्। खाली चोरी भएको भन्ने मात्र लेखिन्छ तर त्यो सहि होईन्।

उदाहरणका लागि चाइनिज ह्याकरहरु आएर त्यसले नेप्सलाई नै ह्याक गरेको भन्ने विषय अर्कै कुरा हो। तर नेपाल भित्र हुने ‘डिजिटल फ्रड’हरु भने आफैंले कम्प्रोमाइज गरेर ‘सेक्यूरिटी अवेयरनेस’ नभएर भएको केशहरुमा हो । नेपालीहरु सबैजना – ‘तैले मोबाइल पाइस्, तैले आइफोन आइपड पाइस्, ओहो लोटरी पर्यो भनेर फोन र म्यासेज आउँदा दंग पर्दछन् र लोटरी पर्यो ह्वाट्सएपमा फोन गर भनेर जालो फालेको हुन्छ र त्यसमा फस्छन्। मानिसहरुले त्यसबाट शुरुवात भएर र त्यो अनुसार कम्प्रोमाइज गर्दै गईराखेको हुन्छन्।

मान्छेहरुले अब फोन नम्बर भनेको फोन नम्बर मात्र होईन भन्ने बुझेका छैनन र जबसम्म यो फोन नम्बर भनेको मेरो चाबी हो भनेर बुझदैनन् त्यसबेलासम्म सुरक्षित हुँदैनन्। गाउँघरका भर्खर मोबाइल चलाउने अनपढ मान्छे भन्दा पनि शहरका मान्छे जालमा फसिराखेको छन् र त्यो लोभमा चाँडै फसिहाल्ने र आइप्याड, आइफोन भने पछि सबै चिज बिर्सी हाल्छन।
राष्ट्र बैँकले पनि अलीकती अवेरनेस गर्नुपर्नेछ भने हामीकहाँ केहि नियम कानून नहुँदा कसरी त्यसलाई ह्याण्डल गर्ने र डिजिटल फ्रड भएमा कसरी अगाडि जाने भन्ने छैन्।

प्रहरीमा ग्राहकले गुनासो र उजुरी गर्दछ। त्यो रकम केहि दिन रोकिन्छ तर त्यसपछि कानूनी प्रावधान स्पष्ट नहुँदा ठोस काम हुन सकेको छैन्। हाम्रोमा अलिकति रिफर्महरु गर्नैपर्छ । गाडलाइनसहरु चाहियो, रेगुरेटरबाट साइबर कानूनको प्रकृया ल्याउनुपर्यो। डिजिटल बैंकिङ्ग फ्रड भयो भनेर मात्र हुँदैन्। अब डिजिटल फ्रडस भयो भने त्यसको न्यूनिकरण र निराकरणको उपाय के ? भन्ने चाहियो । त्यो पैसा अरुको बैँकमा गयो भने कस्टमरले प्रहरीलाई भन्छ तर गएको रकम फिर्ता गर्ने कानून र प्रावधान छैन् र त्यो पैसा दिन सकिँदैन भनेर अडकिएको अवस्था पनि छ।

हामी नै डिजिटल सिग्नेचरलाई पूर्णरुपमा प्रयोगमा ल्याउने बैंक हौं।
सन् २०१८/१९मा आएर हजार जनालाई डिजिटल सिग्नेचर लिने र हजार ओटा डिजिटल सर्टिफिकेट युज गर्ने बैंक हौं र यसमा म गर्व गर्दछु।

कतिपय चिज वालेट बैंकिङ्गहरु मार्फत गरिन्छ। त्यो वालेटहरु र त्यसका सेक्यूरिटी, रेगुलेटर केवाइसी जस्ता विषय केहि छैन् । सुरुमा त अवेयरनेस, रेगुलेसन र नेपाल राष्ट्र बैंक अलि चुस्त दूरुस्त हुनुपर्याे। प्रहरीकोमा पुगेपछि डिजिटल बैंकिङ्ग अपराधको सजाए के हुने भन्नेमा स्पष्ट हुनुपर्दछ।

यसरी डिजिटलबाट पैसाको दूरुपयोग गर्नेलाई यो-यो सजाय र अरुको खातामा गएको पैसा कसरी फिर्ता ल्याउने भन्ने विषय पनि चाहिन्छ। अहिले हामी धेरै बाँधिएका छौ। यहाँ डिजिटल भनेको मोबाइल बैंकिङ्ग, वा कार्ड मात्र भन्ने सोचिएको छ त्यसभन्दा बाहिर निस्कनु पर्नेछ। अहिले अब ‘नियो बैंकिङ्ग’को कन्सेप्ट आएको छ, दुनिया डिजिटलतर्फ छ, अब फोन लोनको कुरा आइरहेका छन् । यसलाई सफल हुनका लागि चाहिने त्यो कन्फिडेन्ट मान्छेहरुमा आईसकेको छ तर त्यसको लागि नियम कानून र गाइडलाइन, सजायलगायत सचेतना नभएको हुँदा त्यसलाई सुधार्नुपर्ने देखिन्छ।

त्यसो भए मेगा बैंकको अवस्था के छ? तपाईँहरु डिजिटल बैंकिङ्गको कन्सेप्टमा कहाँसम्म पुग्नुभएको छ?

डिजिटल बैंकिङ्गको कन्सेप्टमा मेगा बैंकको कुरा गर्ने हो भने इन्टायर बैंकिङ्ग सेक्टरमा हामी राम्रै स्तरमा छौं, अझ भन्दा फस्ट लाइनमा २,४ ओटा बैंक छ भने म त्यो भन्दा कम छैन भन्छु। हामी धेरै कुरामा डिजिटल भइसकेका छौं। उदाहरणको लागि कोभिड लकडाउनको बेलामा वर्क फ्रम होम गर्ने हामी पहिलो बैंक हौं। त्यसबेला नै जूममार्फत सेवा दिने कार्य हामीले सुरु गरेका थियौं । हामी नै डिजिटल सिग्नेचरलाई पूर्णरुपमा प्रयोगमा ल्याउने बैंक हौं। सन् २०१८/१९मा आएर हजार जनालाई डिजिटल सिग्नेचर लिने र हजार ओटा डिजिटल सर्टिफिकेट युज गर्ने बैंक हौं र यसमा म गर्व गर्दछु।

त्यो भन्दा पहिले हामी पेपरको कुरा गरौँ- हाम्रा पेपर फाइलहरु डिजिटल भएको छ। आजको दिनमा हामीसँग २१० ओटा ब्रान्चहरु छन् २०८ ओटा यसअघि नै छ नेटवर्किङ्गको हिसाबबाट हेर्ने हो भने लगभग २४० ओटा ब्रान्चहरु छन्। यहि डिजिटलले गर्दा मेरो हरेक कुराहरु सेन्ट्रलाईज भएको अवस्था छ। त्यतिबेला नबिल बैंकमा समग्र ऋण प्रकृयालाई सेन्ट्रलाईज मैले गरेको हो। त्यतिबेला पनि इन्टायर लोनको अफर लेटर यहि सेन्टरबाट बनाएर डिजिटली उता दिने गर्दथ्यौं।

ग्राहकहरुले अझ बढि सुबिधा खोजिरहेका छन् र सबैकाम मोबाइलबाट नै होस भन्ने चाहन्छन् । अबको पुस्तालाई ‘नियो बैंक’को अनुभव दिलाउनुपर्नेछ।

‘डिजिटल सिग्नेचर’ आएपछि हरेक विषयको फाइलहरु, ठूला ठूला फाइलहरु, कर्पोरेटको सबै कामको फाइलहरुको सीआरएफ सबै अहिले हामी डिजिटल्ली गर्दछौं। पहिला मेरो फाइल तथा डकुमेन्टहरु कुरियरबाट भौतिकरुपमा कयौं दिनहरुमा आउँथ्यो भने अहिले सबै मेरो डिजिटल सिस्टममा हुन्छ र त्यसबाटै तत्काल काम हुन्छ। यसबाट मात्र मैले करिब एक करोड पाँच लाख रुपैयाँ ‘पेपर कस्ट’ बचाएको छु, यो रकम मेरो हरेक वर्ष बचेको छ। कोभिडमा हामीले नर्मल फाइलहरु घरमै बसेर लेख्ने गर्थौ । अरु बैंकहरु बन्द हुँदा पनि हामीले फाइलहरु बनाईरहेका थियौ । आफुले गर्ने सबैकाम हामीले डिजिटलबाटै गरेका थियौं ।

तपाईँहरु डिजिटल सिस्टममा गईसकेपछि ग्राहकहरुको प्रतिक्रिया कस्तो पाउनु भएको छ ?

उदाहरणको लागि ग्राहकको चेक पहिला भौतिकरुपमा साटिने गर्दथ्यो। त्यसपछि क्लियरिङ्ग हाउसबाट हुन थाल्यो। एनसिएचएल आएपछि सबै डिजिटलबाट नै हुन्छ, अहिले सबै डिजिटल भएको छ, र यसले ग्राहकलाई धेरै सजिलो भएको छ। हामीले ग्राहकहरुलाई दिने सुबिधाहरु छिटो र तिब्रगतिमा हुने गरेको छ। ग्राहकले नयाँ अनुभव पाएका छन् र अन्य बैंकको तुलनामा ग्राहकहरुलाई फरक र छिटो सेवा दिन थालेका छौं। तर पनि अझै हामीले ग्राहकहरुलाई शतप्रतिशत दिन सकेका छैनौं भन्ने अनुभव हुन्छ। तर यो भनेको नियम कानूनको अभावले गर्दा हो। ग्राहकहरुले अझ बढि सुबिधा खोजिरहेका छन् र सबैकाम मोबाइलबाट नै होस भन्ने चाहन्छन् । अबको पुस्तालाई ‘नियो बैंक’को अनुभव दिलाउनुपर्नेछ। पुरानो पुस्ता र नयाँ पुस्तामा धेरै फरक भएको छ त्यसलाई ध्यान दिनुपर्नेछ।

१०० प्रतिशत डिजिटल हुनको लागि र नियो बैंक वा ओपन बैंकमा जानका लागि समग्र बाफियादेखि सबै नियमकानूनहरु संसोधन हुनुपर्नेछ। हामीसँग मोबाइल बैंकिङ्ग छ, कार्ड छ, चेक तर अब कार्ड पनि बिस्तारै हराउँदै जान्छ। मान्छे प्राय क्यूआर गरेर पेमेन्ट गर्छन् र अब म कार्ड पनि घोट्न चाहन्न भन्छन्।

हाम्रो अभिभावकहरु अहिले बल्ल फेसबुकसम्म चलाउन सक्ने हुनुभएको छ। त्यो पुस्तालाई हामी १० प्रतिशत सेवा गरौँला रे तर अब अहिले हाम्रो पुस्तालाई भने ९० प्रतिशत क्याटर गर्न सक्ने भएको छ। हाम्रो थर्ड जेनेरेसन् त सबै डिजिटली जाने अवस्था छ। यो नियो बैँक र ओपन बैंकको कन्सेप्ट नै डिजिटली जाने हो। भारतमा फिनटेक्स कम्पनी भएजस्तै हाम्रोमा पनि होस् भन्ने चाहन्छन् तर अझै नेपालमा २,४ वर्ष लाग्ने देखिन्छ।

स्मार्टफोन आएपछि सबै डिजिटल बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, कार्ड बैंकिङ्ग भइसक्यो। अब थर्ड जेनेरेसनको चाहना हेरेर नयाँ डिजिटल रिभोल्यूशन ल्याउनुपर्ने अवस्था छ र त्यसको लागी सबैले पहल गर्नुपर्नेछ। अब टेक्निकल्ली समेत गर्न सकिन्छ र रिभोल्यूशनको पार्टमा पनि हेर्नुपर्छ।

अहिले तपाईँहरुले डिजिटल सिग्नेचर प्रयोग गरिरहनुभएको छ र त्यसले तपाईँको बैंकिङ्ग अनुभवलाई के परिवर्तन गरायो ?

यसले दिएको फाइदाहरु राम्रो छ र अरु बैंकहरुलाई मेरो सुझाब– डिजिटलमा जान केहि गर्ने डिटरमिनेसन हुनुपर्छ, क्लारिटी हुनुपर्छ।

डिजिटल सिग्नेचर १०० प्रतिशत बैंकिङ्ग क्षेत्रमा प्रयोग गर्ने हामी मात्र एउटा बैंक होला। सबै स्टाफले डिजिटल सिग्नेचर प्रयोग गर्छन् र यसले गर्दा घरमा बसेर काम गर्न सकिएको छ भने लागत बचत लगायत भएको छ। बिना डिजिटल सिग्नेचर यो काम हुँदैन थियो। यसको कमिकमजोरी छ तर सरकारबाट मान्यता प्राप्त भएको हुँदा हामीलाई महत्वपूर्ण भएको हुनाले सजिलो भएको छ। यसअघि १/२ ओटा वित्तीय संस्थाहरुले लिनु भयो फोटो खिचाउनु भयो तर सन् २०२२ सम्मा पनि खासै केही नगरेको देखिन्छ। अर्कोतर्फ हामीले यसलाई फूल यूटिलाइज गरेका छौं र त्यो गर्न आँट र कन्फिडेन्स चाहिन्छ। यो लिनका लागि अरु बैंकको कन्फिडेन्ट आएको छैन, यो लिएर धेरै अगाडि बढन् सकिन्छ। पहिले भौतिकरुपमा सिग्नेचर गर्नुपर्ने अवस्था थियो तर अब डिजिटल भएपछि फेरी फिजिकल साइन गरेर किन बस्ने ?

राष्ट्र बैंकले पनि आफैँ डिजिटल सिग्नेचरको प्रयोग गर्छ। रिभोल्युशनले पनि प्रुफ भइसक्यो कि डिजिटल सिग्नेचर भयो भने सजिलो हुन्छ। डिजिटल सिग्नेचरले गर्दा आज मेरो टिमले के गर्दैछ, को कहाँ छ र मेरो कतिसँग लिनुछ-कतिलाई तिर्नुछ भन्ने जानकारी एक क्लिकमा नै थाहा पाउन सक्छु।यसले दिएको फाइदाहरु राम्रो छ र अरु बैंकहरुलाई मेरो सुझाब– डिजिटलमा जान केहि गर्ने डिटरमिनेसन हुनुपर्छ, क्लारिटी हुनुपर्छ। अब हामी भने म्यानुअलबाट सोच बदलौं भन्नेमा छौं।

हामीले सन् २०१० बाट सुरु गर्दा सबै बैंकले सेन्ट्रलाइज भन्न थाले। तर १० वर्ष अगाडी शुरुवाती लिने त मेगा बैंक हो। मालपोतमा गएर एउटा डकुमेन्ट ल्याउनका लागि आफूले सक्कली हो कि नक्कली हो भन्ने भौतिकरुपमा गएर हेर्न सक्नेले सिधै सरकारको अनलाइन सेवाबाट हेर्न किन नसक्ने ? त्यसमा म कन्फिडेन्स छु तर अरु बैंकहरुलाई के हो कसो हो भन्ने अवस्था छ। कहाँ फस्ने हो भन्ने अझै डर छ। हामीले एक्सेस गर्ने डाटा सही छ भने किन डराउने । एकै स्थानमा बसेर ७८ ओटा जिल्लामा सक्कली छाप लगायो कि नक्कलि भनेर अनलाइन हेर्न सकिन्छ तर गरेका छैनन्। मेरो सोच अरु बैंकको भन्दा छुटैछ । त्यो गर्दा एक स्टेप अगाडि नै जाने हो।

ढड्डामा गर्दा केहि नहुने रे त्यहाँ गएर कसले छाप लायो थाहा छैन रे अन्दाजमा मैले लाएको त्यो हेरेर गर्न सक्ने, तर डिजिटलमा हुँदा विश्वास नहुने हुनु हुँदैन्। केहि रिस्क लिनुपर्ने हुन्छ, हरेक चिजमा रिस्क त छ, ओहो यहाँ रिस्क नै रिस्कछ भन्नुभन्दा यो-यो रिस्क हो र यसलाई यसरी मिटिगेट गर्नु पर्छ भन्ने हो। डिजिटली संसार गइरहेको छ र हामी पनि जानुपर्छ, त्यहाँ जोखिम पनि छ र त्यसलाई कसरी न्यून गरेर जाने भन्ने मात्र हो । पहिले ढड्डा हुन्छ भन्दा हाम्रो बच्चाहरुले भोली नपत्याउलान्। एक क्लिकमा हुने कामका लागि चेकबुक किन भनेर भन्ने दिन आउँछ हाम्रो नयाँ जेनेरेसनमा।

डिजिटल् सिग्नेचरको फाइदा के के पाउनुभयो त ? लागतमा केहि बचत भयो ? केहि तथ्यांक भन्न सक्नुहुन्छ ?

सबै चिज डिजिटल सिग्नेचरहरुले सजिलो बनाएको छ । यसमा गरेको लगानीको आधारमा हामीले रिटर्न लिन सकेको अवस्था छ।

मेरो पेपर कस्टमा ७०/८० प्रतिशतसम्म बचत भयो, त्यो भोल्यूममा जाने हो भने हरेक वर्ष करोड भन्दा धेरै नाध्दछ र यो मेरो लागि भ्यालू हो। त्यसपछि मेरो कुरियर कस्ट, मेरो टोनर कस्ट र त्यसपछि मेरो स्टाफको कस्ट। प्रिन्ट गरेर १०० पेज निकाल- फेरी फिजिकल फाइल बनाऊ र त्यसलाई सबै ठाउँमा पुर्याउन धेरै समय लाग्छ। फेरी कुरियरमा बाटोमै हराउने- के हुने- कति बेला आउने- आएपछि फेरि त्यही यता-उता गर। हामीहरु त्यो स्टेजहरु सबै पार गरेर आएका हौं। तर अहिले रिपोर्टिङ्गको कुराहरु सबै एक क्लिकमा हेर्न सकिन्छ। कसले कति काम गरेको छ के गरिराखेको छ भने यहिँ बसेर हेर्न सक्दछु ।

अब कस्टको कुरा भन्ने हो भने अपरेशनको पार्टमा पनि हरेक चिज सजिलो भयो। उदाहरणको लागि पहिला ‘मेमो’ बनाएर हरेक टेबल-टेबलमा हाम्रो म्यासेन्जरले लगेर हस्ताक्षर गराएर ल्याउनुपर्ने थियो। तर अहिले सबैकोमा डिजिटल्ली जाने र उस्को कम्प्युटरमा आएर बसेको हुन्छ र हेर्ने बितिकै मैले गर्नुपर्छ भन्छ र समयमा नगरेमा उसलाई पनि यो मैले गर्दा रोकिएको छ जस्तो लाग्छ।

यसले समग्र संचालनमा दक्षतादेखि लिएर लागत कटौतीसम्ममा सहज भएको छ भने कस्टमरहरुलाई पनि पहिला फिजिकल आउन पर्थ्यो भने अहिले घरबाटै गरे हुन्छ। पहिले केवाईसीको लागी बैंक आउनु पर्थ्यो भने अब पर्दैन्। सबै चिज डिजिटल सिग्नेचरहरुले सजिलो बनाएको छ। यसमा गरेको लगानीको आधारमा हामीले रिटर्न लिन सकेको अवस्था छ।अब भोलीको दिनमा कसैले फिजीकल र डिजिटल २ ओटा गरेर त फाइदा छैन्. एक लेनमा नै हिँडने हो त्यो लेनमा लजिकली डिफेड गर्ने हो ।

अहिले रेगुरेटरले पनि यसलाई मान्यता दिईसकेको र भ्यालू गरिसकेको छ, इन्टर्नल अडिट त्यहीँबाट हुन्छ, डिडिए सबै त्यहीँबाट हुन्छ, राष्ट्र बैंकलाई रिपोर्ट त्यहिँबाट हुन्छ। ‘अ पार्ट अफ बैँक’लाई हुने फाइदा देखि लिएर ‘ओभर अल अर्गनाईजेसन’मा कस्ट, कुनै एउटामा सिमित नै रहेन्।

इफिसेन्टको कुरा गर्दा कस्टमरलाई फाइदा भयो- चाँडो भन्दा चाँडो काम भयो। त्यसपछि रेगुलेटरहरु आउनु भयो उहाँलाई मेरो ५० औं ब्रान्चमा जानु परेन यहिँ बसेर ५० ओटा, सय ओटा ब्रान्चको काम भयो, ‘ओभरअल’ यसको देन भनेको अल्टिमेटली डिजिटल सिगनेचरबाट नै हो।

राष्ट्र बैँकले पनि सबै डिजिटली गर्नुपर्ने भनेको छ र त्यसैले सेन्ट्रल ओपनिङ्गको कन्सेप्ट ल्याईयो, डिजिटल बनायो। कस्टमरको एकाउन्ट ओपनिङ्गदेखी लिएर कस्टमरको लोन फाइलहरुसम्म, त्यो बाहेकको दैनिक संचालनका गतिबिधिहरुसम्म डिजिटलमा गयो र यसरी भएपछि यो भन्दा सजिलो अरु कुनै भएन् ।

यो सबै डिजिटल सिग्नेचरले सुबिधा दिईरहँदा त्यहाँ सफ्ट टोकनको समेत आवश्यकता देखिएको छ। किनकी डिजिटल सिग्नेचर सँधै बोकेर हिँडन सकिँदैन र बाटोमा पनि फाइलहरु हेर्नका लागि मोबाइल नम्बरसँग जोड्ने वा सफ्ट टोकनलाई व्यापक प्रयोगमा ल्याउनुपर्ने हुन्छ।

सबैले प्रयास गर्ने हो भने अबको भविश्य नियो बैंक र ओपन बैंक नै हो।

अन्तिम प्रश्न सोधेँ डिजिटल बैंकिङ्गमा गईरहँदा यस्तो डिजिटल बैंक भए हुन्थ्यो भन्ने लाग्छ तपाईँलाई ?

हामी बैंकर्स भएर यात्रामा हिँडेपछि यसलाई एडभान्स गराई राख्नुपर्छ, बाहिर विकसित मुलुकमा जाँदा त्यहाँको मान्छेलाई फिजिकल वालेट त के हो जस्तो लाग्ने भईसकेको छ, हामीकहाँ पनि त्यो डिजिटल स्टेज १०० प्रतिशत हुनुपर्ने लाग्छ। बाहिर यूरोपहरु तिर जुन लेवलको डिजिटल छ वा छिमेकी भारतको लेवलको डिजिटल बैंकिङ्ग जति हुनुपर्ने अपेक्षा हुन्छ, डिजिटलको पिक भनेको मेरो लागी त ‘नियो बैंकिङ्ग’ नै हो। अबको बैक भनेको नियो बैंकिङ्ग नै हो। फिजिकल बैकको जमाना जान्छ र एटिएम पनि अल्टिमेट अन्तिम तर्फ आइसकेको छ ।

नेपालीको जुन माइडसेट छ त्यसमा केहि सचेतना फैलाएर प्रविधिलाई थप सरल बनाउन सक्नुपर्नेछ। यसको लागि राष्ट्र बैंकले पनि शुरुवात गरेर नेतृत्व लिने र सरकारले समेत अगाडि धकेल्नका लागि सहयोग गर्यो भने हुन्छ । यसमा टाइमलाइन् ३ महिनामा यहाँ पुग्छु, ६ महिनामा यहाँ पुग्छु, र यसरी जाऔं भनेर स्पष्ट भएर नगएसम्म केहि हुनेवाला छैन। त्यसलाई मिल्नको लागी त्यही अनुसारको नियमन समेत हुनुपर्यो। मैले एक्लै चाहेर पनि सबै चिज गर्न नसक्ने अवस्था छैन्।

तर अन्तिममा सबैले प्रयास गर्ने हो भने अबको भविश्य नियो बैंक र ओपन बैंक नै हो।

प्रकाशित: ४ भाद्र २०७९, शनिबार