बीएमडब्ल्यूले हाइड्रोजन इलेक्ट्रिक गाडीको मास उत्पादन २०२५ देखि शुरु गर्ने

Technology Khabar २ भाद्र २०७९, बिहीबार

बीएमडब्ल्यूले हाइड्रोजन इलेक्ट्रिक गाडीको मास उत्पादन २०२५ देखि शुरु गर्ने
Global IME Bank

काठमाडौं ।

बीएमडब्ल्यूले आफ्नो पहिलो हाइड्रोजन इलेक्ट्रिक गाडी बजारमा ल्याउने भएको छ। निक्की एसियाका अनुसार बीएमडब्ल्यूले आफ्नो पहिलो हाइड्रोजन इलेक्ट्रिक गाडी सन् २०२५ बजारमा ल्याउने भएको छ।

बीएमडब्ल्यूको बिक्री प्रमुख पिटर नोटाले कम्पनीले सन् २०२१ को आईएक्स५ हाइड्रोजन कन्सेप्ट कारलाई बजारमा ल्याउने तयारी गरिरहेको संकेत गरेका छन्। यो कारमा दुई ओटा कार्बन फाइबरको ६ किलोग्रामको रिइनफोर्स इन्धन ट्यांकी छ। जसको मद्दतले लामो यात्राका लागि २७५ किलोवाट रियर ड्राइभ पवार दिन्छ। ठूला सेकेन्डरी ब्याट्रीले हाइड्रोजन फ्यूल सेलसँग काम गर्छ।

एक किलोग्राम हाइड्रोजनले करिब १०० किलोमिटरको रेञ्ज प्रदान गर्छ। ६ किलोग्राम हाइड्रोजनले हाल बजारमा उपलब्ध इलेक्ट्रिक कारहरु बराबरको रेञ्ज प्राप्त गर्न सकिने कम्पनीको विश्वास छ।

‘हाइड्रोजन इन्धन सेल प्रविधि ठूला एसयूभीका लागि सान्दर्भिक छ,’ नोटाले भने, हामी इलेक्ट्रिक गाडीका लागि विभिन्न प्रविधिका ब्याट्रीहरमा विश्वास गछौं। हाइड्रोजन इन्धन एक उत्कृष्ट विकल्प हो। हामी हाम्रो सबै लगानी एउटै क्षेत्रमा केन्द्रित गर्न चाहदैनौं।’

आईएक्स५ को सानो स्तरको उत्पादन २०२२ को अन्त्यमा शुरु गर्ने योजना बनाइएको छ। भने, मास उत्पादन भने चालु दशकको मध्यमा शुरु गरिनेछ।
हाइड्रोजन एसयूभी निर्माणका लागि बीएमडब्ल्यूले टोयोटाको सहयोग लिनेछ। यी दुई कम्पनीले २०१३ देखि विभिन्न परियोजनामा काम गर्दै आइरहेका छन्।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २ भाद्र २०७९, बिहीबार

ताजा समाचार