पासवर्ड बिर्सनु भयो ? यसरी सहजै थाहा पाउनुहोस् गुगल क्रोमबाट

Technology Khabar ३१ श्रावण २०७९, मंगलवार

पासवर्ड बिर्सनु भयो ? यसरी सहजै थाहा पाउनुहोस् गुगल क्रोमबाट
Global IME Bank

काठमाडौं ।

हामीमध्ये धेरैले वेब ब्राउजिङका लागि गुगल क्रोममको उपयोग गछौं। एन्ड्रोइड स्मार्टफोनमा गुगल क्रोम इन बिल्ट आउने भएकाले धेरैको रोजाइनमा पर्ने गरेको छ।

धेरै सिस्टमहरु प्रयोगकर्ता कहिले काँही लगइन आईडी र पासवर्ड बिर्सिने लगायतका समस्या पनि आउने गर्छ।

पासवर्ड पत्ता लगाउनका लागि फर्गेट पासवर्डको विकल्प पनि हुने गर्छ। तर यो प्रक्रिया निकै झन्झटिलो हुन्छ। फर्गेट पासवर्डको विकल्प प्रयोग नगरि पनि गुगल क्रोमको मद्दतले पासवर्ड सहजै थाहा पाउन सक्छौं।

यसका लागि गुगल क्रोममा गुगल पासवर्ड म्यानेजर खोल्नु पर्छ। पासवर्ड म्यानेजर खोलेपछि तपाईको गुगल क्रोमबाट लगइन भएका विभिन्न एप र साइटहरु देखा पर्छन्। पासवर्ड हेर्न खोज्नु भएको एप वा साइटमा क्लिक गर्नुपर्ने हुन्छ। त्यसमा क्लिक गरिसकेपछि तपाईको गुगल आईडी (जिमेल)को पासवर्ड राख्नु पर्छ।

जिमेलको पासवर्ड राखि सकेपछि तपाईले हेर्न खोज्नु भएको एप वा साइटको पासवर्ड देखिन्छ।

Sajilo Visa

प्रकाशित: ३१ श्रावण २०७९, मंगलवार

तपाइको प्रतिक्रिया