इलेक्ट्रिक सवारी बनाउन युरोपेली उद्योगीहरुलाई सुझाब

Technology Khabar २७ श्रावण २०७९, शुक्रबार

इलेक्ट्रिक सवारी बनाउन युरोपेली उद्योगीहरुलाई सुझाब

काठमाडौं ।

इलेक्ट्रिक सवारी साधन बनाउनका लागि विभिन्न निकायहरूले उद्योगी व्यवसायीहरूलाई सुझाब दिएका छन्।

वातावरण सुधार र पेट्रोलियम पदार्थमा बढ्दै गएको मुल्यवृद्विका कारण इलेक्ट्रिकल साधनको आवश्यकता भएकाले विभिन्न निकायहरूले कारण उद्योगीहरूलाई यस्तो सुझाब दिएको रोयटर्सले जनाएको छ।

वातावरण सुधारका लागि हरित लक्ष्यहरू पछ्याउँदै, म्याक्लेसफिल्ड, इङ्गल्याण्ड लगायत विश्वका अर्थ तथा वातावरण सम्बन्धित निगमहरूले

उद्योगीसँगै कार फ्लीट भाडामा दिने र व्यवस्थापन गर्ने फर्मका प्रबन्धकहरूलाई इलेक्ट्रिकल सवारी साधन निर्माण तथा प्रयोग गर्न सुझाब दिएका हुन्।

योसँगै विभिन्न कर्पोरेसनहरू पनि “हरित” ब्यान्डवागनको वरिपरि उफ्रिरहेका छन्। जसले कार उद्योगीहरूसँगै कार फ्लीटहरू भाडामा दिने र व्यवस्थापन गर्ने फर्महरूलाई जिम्मेवार बनाउने छ।

अभियानकर्ताहरूले सोचेको भन्दा छिटो उद्योग तथा फर्महरूका मालिक इलेक्ट्रिक सवारीमा रूपान्तरण हुने आशा गरिएको छ।

यस अघि युरोपियन मुलुकहरुमा विद्युतीय सवारीको प्रयोग बढ्न थालेको थियो। जसका कारण सन् २०२२ को दोस्रो त्रैमासमा युरोपियन युनियनमा दर्ता भएको सबै यात्रु कारहरुको १० प्रतिशतभन्दा धेरै हिस्सा ओगटेको छ।

‘ईयु ग्रीनहाउस ग्यास उत्सर्जनको प्राथमिक स्रोत यातायात उद्योग हो, यातायात सम्बन्धी उत्सर्जनमा काम नगरी ईयुले जलवायु तटस्थता लक्ष्य हासिल गर्न सक्दैन्,’ इङ्गल्याण्डका वातावरण विभागका जानकारको भनाई छ।

easy care

प्रकाशित: २७ श्रावण २०७९, शुक्रबार