Technology Khabar २६ श्रावण २०७९, बिहीबार
काठमाडौं ।
सामसङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी वाच५ र ग्यालेक्सी वाच५ प्रो सार्वजनिक गरेको छ। सामसङको नयाँ वाचमा एडभान्स स्वास्थ्य निगरानी उपकरणहरु रहेको गिजचाइनाले उल्लेख गरेको छ।
ग्यालेक्सी वाच ५ प्रो मोडलमा रिइनफोर्स केस दिइएको छ। कम्पनीका अनुसार यो सबैभन्दा टिकाउ र फिचर प्याक गरिएको सामसङ वाच हो।
प्रयोगकर्ताहरुले महत्वपूर्ण संकेतहरु बिल्ट इन बायोएिक्टिभ सेन्सरबाट प्राप्त गर्नेछन्। यो एसओसी समाधान यो जुन गत वर्ष डेब्यु गरिएको सामसङ ग्यालेक्सी वाच४ मा उपलब्ध थियो। जसले अप्टिकल हार्ट रेट सेन्सर, इलेक्ट्रिकल हार्ट सेन्सर र बायोइलेक्ट्रिक प्रतिबाधा विश्लेषकलाई संयोजन गर्दछ।
यसले मुटुको दर मात्र नभई रगतमा अक्सिजनको स्तर तनाव स्तिर पनि मापन गर्ने अनुमति दिन्छ। यसबाट प्रयोगकर्ताले लगातार ईसीजी र रक्तचाप निगरानी गर्न सक्छन्। पाँचौ पुस्ताको स्मार्टवाचले इन्फ्रारेड शरीरको तापक्रम सेन्सर पनि डेब्यु गरेको छ। हावाको ताक्रममा हुने परिवतनहरुमा प्रतिक्रिया नगरि पर्याप्त सही जानकारी दिन्छ।
ग्यालेक्सी वाच५ ब्लुटुथ भर्सनको मूल्य २७९ अमेरिकी डलर र एलटीई भर्सनको मूल्य ३२९ अमेरिकी डलर तोकिएको छ। ग्यालेक्सी प्रो ब्लुटुथ मोडलको मूल्य ४४९ अमेरिकी डलर र एलटीई मोडलको मूल्य ४९९ अमेरिकी डलर तोकिएको छ।
प्रकाशित: २६ श्रावण २०७९, बिहीबार