सामाजिक सञ्जाल फेसबुकबाट उम्मेदवारी घोषणा गर्ने होडबाजी

Technology Khabar २५ श्रावण २०७९, बुधबार

सामाजिक सञ्जाल फेसबुकबाट उम्मेदवारी घोषणा गर्ने होडबाजी

काठमाडौं ।

सरकारले सङ्घ र प्रदेशको निर्वाचन मङ्सिर ४ गते गर्ने निर्णय गरेसँगै बारा जिल्लामा सामाजिक सञ्जाल फेसबुकबाट उम्मेदवारी दिनेको लहर चलेको छ ।

राजनीतिक दलका नेता र स्वतन्त्रबाट युवाले सामाजिक सञ्जालमार्फत प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको उम्मेदवारी घोषणा गर्नेको होडबाजी चलेको हो ।

सामाजिक सञ्जाल फेसबुकमा कतिले आफैँ उम्मेदवारी घोषणा गरेका छन् भने कतिपयका शुभचिन्तक र कार्यकर्ताले आफ्ना नेता उम्मेदवार बन्ने घोषणासहितको पोस्ट जारी गर्ने क्रमलाई निरन्तरता दिने गरेका छन् ।

बाराको निर्वाचन क्षेत्र नम्बर ४ को (ख) बाट प्रदेश सभा सदस्यका लागि नेपाली कांग्रेसबाट नेपाल तरुण दलका जिल्ला अध्यक्ष लोकेश सिंह र निर्वाचन क्षेत्र नम्बर २ को (ख) बाट कांग्रेसका जिल्ला सचिव राजेश रौनियारले उम्मेदवारी घोषणा गरेका छन्।

यसैगरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि दीपेन्द्र पटेलले उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै निर्वाचन क्षेत्र नम्बर ३ को (ख) बाट प्रेस चौतारीका जिल्ला सचिव जिउतप्रसाद यादवले प्रदेश सभा सदस्य पदका लागि उम्मेदवारी दिएका छन् ।

निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रदेश सभा सदस्यमा नेपाल पत्रकार महासङ्घ बाराका उपाध्यक्ष रहेका रामबाबु मेहताले उम्मेदवारी घोषणा गरेका छन्।

उता पर्सा जिल्लामा पनि सामाजिक सञ्जाल फेसबुकबाट उम्मेदवारी दिनेको लहर नै चलेको छ।

Global Bank
easy care

प्रकाशित: २५ श्रावण २०७९, बुधबार

ताजा समाचार