ह्वाट्सएपमा म्यासेज डिलिट गर्ने समयसीमामा ठूलो परिवर्तन, थपियो ३ नयाँ गोपनीयता सुविधाहरू

Technology Khabar २५ श्रावण २०७९, बुधबार

ह्वाट्सएपमा म्यासेज डिलिट गर्ने समयसीमामा ठूलो परिवर्तन, थपियो ३ नयाँ गोपनीयता सुविधाहरू

काठमाडौं ।

मेसेजिङ्ग एप ह्वाट्सएपमा पठाइएका सन्देशहरू मेटाउने म्याद कम्पनीले अब सबैका लागि थप गरेको छ। कम्पनीले अब ‘डिलिट फर एभ्रीवन’ नामक विकल्पलाई २ दिन थप गरेको छ। अर्थात्, यदि तपाइँ ‘डिलिट फर एभ्रीवन’ प्रयोग गर्न चाहनुहुन्छ भने २ दिन भित्रमा गर्न सकिन्छ।

यसअघि यसको समयसीमा १ घण्टा ८ मिनेट १६ सेकेन्ड थियो । ह्वाट्सएपले फेब्रुअरीमा यो सुविधाको बारेमा संकेत गरेको थियो। यससँगै मेसेन्जरमा तीनओटा नयाँ प्राइभेसी फिचर लन्च गरिएको छ ।

ट्विटरमा एक पोष्ट मार्फत, व्हाट्सएपले घोषणा गर्दै पठाइएको सन्देश मेटाउन तपाईंसँग अब २ दिनसम्म हुने बताएको छ।सन् २०१८ मा, कम्पनीले एक घण्टाको समय सीमामा यो सुविधा लन्च गरेको थियो। यसअघि म्यासेज डिलिट गर्ने समय ७ मिनेट थियो। जुन पछि १ घण्टा ८ मिनेट सम्मका लागि बढाइएको थियो ।

नयाँ सुविधा प्रयोग गर्नको लागि, तपाईं र तपाईंले सन्देश पठाइरहनुभएको प्राप्तकर्तासँग ह्वाट्सएपको नवीनतम संस्करण हुनुपर्छ। कम्पनीले यो सुविधा एन्ड्रोइड वा आईओएस दुबै प्रयोगकर्ताका लागि लन्च गरिएको हो वा होईन भनेर पुष्टि गरेको छैन।

सबैका लागि डिलिट फिचर प्रयोग गर्न धेरै सजिलो छ। तपाईंले मेटाउन चाहनु भएको सन्देशमा ट्याप गर्नुहोस् र होल्ड गर्नुहोस्। होल्ड गरिसकेपछि तपाईंले डिलिट सेलेक्ट डिलिट फर एभ्रीवन (Delete > select “Delete for everyone”) चयन गर्नुहोस् र त्यो सन्देश पाउने रिसिभरको लागि पनि मेटिनेछ।

यस बाहेक कम्पनीले तीनओटा नयाँ प्राइभेसी फिचर पनि ल्याएको छ। यी मध्ये एउटा हो – तपाइँ सबैलाई जानकारी नगरी समूह छोड्न सक्नुहुन्छ, साथै तपाइँ आफ्नो अनलाइन स्थिति नियन्त्रण गर्न सक्नुहुन्छ। अर्थात्, तपाईको अवस्थाअनुसार तपाईले निर्धारण गर्न सक्नुहुन्छ कि कुन व्यक्तिले तपाईको अनलाइन स्थिति देख्नेछ। तेस्रो फिचरमा तपाईँले रिसिभरलाई एक पटकका लागि पठाएको सन्देशको स्क्रिनसट लिनबाट रोक्न सक्नुहुन्छ।

Global Bank
easy care

प्रकाशित: २५ श्रावण २०७९, बुधबार

ताजा समाचार