चीनमा टेस्लाको बिक्री र निर्यात घट्यो

Technology Khabar २५ श्रावण २०७९, बुधबार

चीनमा टेस्लाको बिक्री र निर्यात घट्यो

काठमाडौं ।

चीनमा टेस्लाको बिक्री र निर्याट घटेको छ। चीनमा टेस्लाको मासिक बिक्रीदर ६० प्रतिशतभन्दा धेरैले घटेको इलेक्ट्रेकले उल्लेख गरेको छ।
बिक्री र निर्यात घट्नुको मुख्य कारणको रुपमा गिगाफ्याक्ट्री शंघाईको अपग्रेडलाई मानिएको छ।

कोभिड १९ का कारण जारी लकडाउनका कारण शंघाई गिगाफ्याक्ट्री बन्द हुँदा दोस्रो त्रैमास कम्पनीका लागि कठिन भएको थियो। विपरिद परिस्थितिका बावजुत पनि कम्पनीले ७८ हजार ९०२ युनिट सवारी उत्पादन गरेको थियो। जुनमा कम्पनीले ९६८ युनिट सवारी निर्यात गरेको छ।

चीन प्यासेन्जर कार एसोसिएसन (सीपीसीए)ले जारी गरेको जुलाईको सवारी बिक्री डाटा अनुसार टेस्लाले २८ हजार २१७ कार चीनमा बिक्री गरेर र १९ हजार ७५६ सवारी निर्यात गरेको छ।

यी संख्याले कम्पनीको मासिक बिक्रीदरमा उल्लेखनीय गिरावट आएको देखिन्छ।

जुलाईको अन्त्य र अगष्टको पहिलो हप्ता टेस्लाले गिगाफ्याक्ट्रीलाई अपग्रेड गर्न बन्द गरेको थियो। यस अपग्रेडबाट कम्पनीले प्रति हप्ता करिब २१ हजार युनिट सवारी र प्रति वर्ष १० लाख सवारी उत्पादन हुने अपेक्षा लिएको छ।

जुलाईमा चीनमा समग्र प्यासेन्जर कारको वार्षिक बिक्रीदर २०.१ प्रतिशतले बढेर १८ लाख ४ हजार युनिट पुगको छ। विद्युतीय सवारीको हिस्सा २६.४ प्रतिशत रहेको छ।

१ लाख ६३ हजार ४२ यूनिट इलेक्ट्रिक सवारी बिक्री गर्दै जुलाईमा बीवाईडी अग्र स्थानमा रहेको छ। यसमा आधाभन्दा धेरै प्लग इन हाइब्रिड रहेको छ।

नियो १० हजार ५२ युनिट र एक्सपेङले ११ हजार ५२४ युनिट इलेक्ट्रिक कार जुलाईमा बिक्री गरेका छन्।

easy care

प्रकाशित: २५ श्रावण २०७९, बुधबार