Technology Khabar २३ श्रावण २०७९, सोमबार
काठमाडौं ।
संसदीय समितिले प्रविधिमैत्री, वातावरण र गुणस्तरीय विकास निर्माणको विषयमा तत्काल अध्ययन गरी कानून ल्याउन सरकारलाई निर्देशन दिएको छ।
सोमबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले वर्तमान कार्यप्रगतिको विषयमा भौतिक यातायातमन्त्री मोहम्मद इस्तियाक राईसँगको छलफलपछि समिति सभापति कल्याणीकुमारी खड्काले यस्तो निर्देशन दिएकी हुन्।
नारायणघाट–मुग्लिन र मुग्लिन–पोखरा सडकको निर्माण प्रविधियुक्त भएको नभएको औंल्याउनुपर्ने, गुणस्तरिय विकास निर्माण जाँच हुनुपर्नेमा उनले जोड दिइन्।
सार्वजनिक यातायातमा मनलाग्दी भाडा असुलीबारे अनुगमन गर्न सरकारलाई निर्देशन दिइन्।
बैठकमा यातायात मन्त्री राईले माथि उल्लेखित सडक निर्माण भइरहेकाले प्रविधियुक्त नभएपनि कम गुणस्तर नरहेको स्पष्ट पारे। उनले प्रविधिका लागि राजमार्गमा सीसीक्यामरा, ठाउँ ठाउँमा रेकडिङ बक्स, अटोमेटिक ओपन डाउन मेसिन राख्न सकिने दाबी गरे।
उनले वैकल्पिक राजमार्ग निर्माणमा लागि शुरुदेखि नै प्रविधियुक्त जडान आवश्यक रहेको उल्लेख गरे।
मन्त्री राईले सार्वजनिक यातायातका सवारीसाधनले यात्रुहरूसँग मनलाग्दी भाडा नलिएर स्वचालित मुल्यप्रणाली अनुसार भाडा भएको प्रष्ट पारे।
प्रकाशित: २३ श्रावण २०७९, सोमबार