टेस्लाले १ः३ को दरमा सेयर स्पिल्ट गर्ने

Technology Khabar २२ श्रावण २०७९, आईतवार

टेस्लाले १ः३ को दरमा सेयर स्पिल्ट गर्ने
Global IME Bank

काठमाडौं ।

विद्युतीय सवारी निर्माता टेस्लाले आफ्नो सेयर स्पिल्ट (खण्डिकरण) गर्ने भएको छ। टेस्लाले १ः३ को दरमा सेयर स्पिल्ट गर्ने घोषणा गरेको हो। कम्पनीले आगामी अगष्ट २४ मा लाभांश गर्नेछ।

टेस्लाको सेयरधनीहरुले १ः३ सेयर स्पिल्ट गर्ने प्रस्ताव मतदानबाट पारित गरेका हुन्। सेयर स्पिल्टका लागि ८१५ मिलियन भन्दा बढी र विपक्षमा ९ मिलियन सेयरधनीहरुले मतदान गरेको इलेक्ट्रेकले लेखेको छ।

१ः३ को दरमा सेयर स्पिल्ट गरेर लाभांश प्रस्ताव गर्ने सञ्चालक समितिबाट निर्णय भएको छ। कर्मचारी र लगानीकर्तालाई कम्पनीको सेयर थप पहुँच उपलब्ध गराउने स्पिल्ट गर्ने निर्णय गरिएको हो।

१७ अगष्ट २०२२ सम्मको रेडर्कमा सेयरधनी कायम भएकाले अतिक्ति २ सेयर प्राप्त गर्नेछन्। सेयर अगष्ट २४ २०२२ को कारोबार बन्द भएपछि वितरण गरिनेछ। कारोबार अगष्ट २५ २०२२ मा सेयर स्पिल्टको आधारमा कारोकार शुरु हुनेछ।

टेस्लाले अन्तिम सन् २०२० मा सेयर स्पिल्ट गरेकको थियो। उक्त समय टेस्लाको सेयर १३ सय अमेरिकी डलरमा कारोबार भएको थियो। स्टक स्पिल्टको घोषणा भएसँगै मूल्य २ हजार अमेरिकीसम्म पुगेको थियो।

उक्त स्पिल्टको परिणामस्वरुप प्रति सेयर मूल्य करिब ४६० अमेरिकी डलर कायम भएको थियो भने कम्पनीको मूल्यांकन ४३० बिलियन अमेरिकी डलर पुगेको थियो। दुई वर्ष अघि टेस्लाले १ः५ को दरमा सेयर स्पिल्ट गरेको थियो। सन् २०२१ मै कम्पनीको सेयर मूल्य करिब दोब्बरले बढेको थियो।

यो पटक अटोमेकरले १ः५ को सट्टामा १ः३ को दरमा सेयर स्पिल्ट गर्दैछ। टेस्लाको सेयर प्रति कित्ता ८६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
नयाँ सेयर स्पिल्टको घोषणाले बिहीबारको सेयर कारोबारले स्वागत गरेको छैन। उक्त दिन कम्पनीको सेयर मूल्य ६.६३ प्रतिशतले घटेको छ।

नेपालमा पनि केही समय अघि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सेयर स्पिल्ट गर्ने घोषणा गरेको थियो। तर इन्स्योरेन्स कम्पनीको उक्त प्रस्ताव कार्यान्वयनमा भने आउन सकेको थिएन।

Sajilo Visa

प्रकाशित: २२ श्रावण २०७९, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार