ओप्पोको दुई नयाँ फोल्डेबल फोनको नाम दर्ता, चाँडै सार्वजनिक हुन सक्ने

Technology Khabar २२ श्रावण २०७९, आईतवार

ओप्पोको दुई नयाँ फोल्डेबल फोनको नाम दर्ता, चाँडै सार्वजनिक हुन सक्ने
ओप्पो फाइण्ड एन स्मार्टफोन
Global IME Bank

काठमाडौं ।

ओप्पो फाइण्ड एनपछि, कम्पनीले चाँडै नै आफ्नो दोस्रो फोल्डेबल र फ्लिप स्मार्टफोन बजारमा ल्याउने भएको छ। यस बारेमा लामो समय देखि जानकारीहरु लीक भईरहेका छन्।

यद्यपि, पछिल्लो लीकमा जानकारी प्राप्त भएअनुसार कम्पनीको अन्य फोल्डेबल स्मार्टफोन र फ्लिप स्मार्टफोनको नाम ओप्पो फाइन्ड एन फोल्ड र ओप्पो फाइन्ड एन फ्लिप हुनेछ।

पछिल्लो रिपोर्टले ओप्पोले अगस्ट २ मा युरोपियन युनियन बौद्धिक सम्पत्ति कार्यालयमा दुई नयाँ नामहरू ट्रेडमार्क गरेको जानकारी दिएको छ। यी दुई नयाँ नामहरू ओप्पो फाइन्ड एन फोल्ड र ओप्पो फाइन्ड एन फ्लिप हुन्।

ट्रेडमार्क गरिएको दुई नयाँ नाम बाहेक, यस फाइलिङबाट अन्य कुनै जानकारी बाहिर आएको छैन।

नामको ट्रेडमार्क दर्ताभएसँगै, यी नयाँ फोल्डेबल र फ्लिप फोनहरू यसै वर्ष लन्च हुने अपेक्षा गरिएको छ। हाल कम्पनीले यस सम्बन्धमा कुनै जानकारी सार्वजनिक गरेको छैन ।

यसअघिका लीक भएका जानकारीहरुकाअनुसार कुरा गर्दा, ओप्पोको आगामी फोल्डेबल र फ्लिप फोनको डिजाइन सामसङ ग्यालेक्सी जेड फोल्ड ३  र ग्यालेक्सी जेड फ्लिप ३ जस्तै हुन सक्छ। तर, ओप्पो फोनको मूल्य सामसङको भन्दा कम हुनेछ।

पुरानो लीक अनुसार, ओप्पो फाइन्ड एनको मुख्य भित्री डिस्प्लेको साइज ७.१ इन्च हुनेछ, जबकि फोल्ड गरेपछि डिस्प्ले ५.४९ इन्च हुनेछ। यसको रिफ्रेस दर १२० हर्ज हुनेछ। यस बाहेक, फोन क्वालकम स्न्यापड्रागन ८८८ प्रोसेसर, १२जीबी र्याम र ५१२जीबी यूएफएस ३.१ भण्डारण हुन सक्छ।

फोटोग्राफीका लागि फोनमा ट्रिपल रियर क्यामरा सेटअप दिइने बताईएको छ । यसमा ५० एमपीको सोनी आईएमएक्स ७६६ प्राथमिक सेन्सर, १६ एमपी अल्ट्रा वाइड एंगल सेन्सर, र १३ एमपी टेलिफोटो सेन्सर समावेश हुने अपेक्षा गरिएको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २२ श्रावण २०७९, आईतवार