टेस्ला ईभी ३० लाख थान उत्पादन

Technology Khabar २१ श्रावण २०७९, शनिबार

टेस्ला ईभी ३० लाख थान उत्पादन
Global IME Bank

काठमाडौं ।

इलेक्ट्रिक सवारी उत्पादक टेस्लाले ३० लाख थान सवारी उत्पादन गरेको घोषणा गरेको छ। सन् २००४ मा स्थापना भएदेखि हालसम्म ३० लाख इलेक्ट्रिक कार उत्पादन गरेको घोषणा गरेको हो। यद्यपि कम्पनीको उत्पादन भने सन् २००८ देखि मात्रै शुरु भएको थियो।

टेस्लाको वार्षिक सेयरहोल्डरको बैठकमा सीईओ इलन मस्कले पछिल्ला केही हप्ताहरुमा ३० लाख सवारी उत्पादन गरेको घोषणा गरेको इलेक्ट्रेकले उल्लेख गरेको छ।

‘१० वर्ष अघि हामीले ३ हजारभन्दा कम कार बनाएका थियौं,’ सीईओ मस्कले भने, ‘पछिल्लो १० वर्षमा ३० लाख कार बनाउन सफल भएका छौं।’

गत महिना टेस्लाले फ्रेमन्ट कारखानाबाट २० लाख इलेक्ट्रिक कार उत्पादन गरेको घोषणा गरेको थियो। बाँकी १० लाख ईभी गिगाफ्याक्ट्री सांघाई, बर्लिन र टेक्सासबाट उत्पादन भएको छ।

मस्कले सेयरधनीहरुलाई टेस्लाले उत्पादनमा हासिल गरेको वृद्धिलाई चार्ट मार्फत् प्रस्तुत गरेर देखाएका पनि थिए।

मस्कले अर्को १० वर्षमा टेस्ला कहाँ हुनेछ भनेर सोचेका पनि छन्।

‘अबको १० वर्षमा के हुन्छ? यदि आगामी १० वर्षमा १०० मिलियन पुगेन भने म आश्चर्यमा पर्नेछु।’

टेस्लाले सन् २०३० सम्म प्रति वर्ष २ करोड ईभी उत्पादन गर्ने लक्ष्य राखेको छ।

उक्त बैठकमा मस्कले लक्ष्य हासिल गर्न करिब १२ गिगाफ्याक्ट्रीहरु आवश्यक पर्ने बताएका छन्।

हाल टेस्लाको ४ गिगाफ्याक्ट्री सञ्चालनमा छ। यी स्थानहरुमा पनि कम्पनीले उत्पादन बढाउँदै लगिरहेको छ।

टेस्लाले यस वर्ष पछि अर्को गिगाफ्याक्ट्रीको स्थान घोषणा गर्ने सम्भावना छ।

Sajilo Visa

प्रकाशित: २१ श्रावण २०७९, शनिबार

तपाइको प्रतिक्रिया

ताजा समाचार