भारतले टिकटक र बीजीएमआई माथिको प्रतिबन्ध हटाउने

Technology Khabar २० श्रावण २०७९, शुक्रबार

भारतले टिकटक र बीजीएमआई माथिको प्रतिबन्ध हटाउने

काठमाडौं ।

टिकटक र बीजीएमआई पुन भारतमा आउने भएको छ। टिकटकको मुख्य कम्पनी बाइटडान्सले भर्खरै टिकटक म्यूजिका लागि ट्रेडमार्क आवेदन दायर गरेको छ।

टिकटक भारतमा पुनरागमन गर्ने तयारीमा रहेको गिजचाइनाले उल्लेख गरेको छ।

भारत सरकारले सन् २०२० देखि टिकटक माथि प्रतिबन्ध लगाइरहेको छ। उक्त समयमा ५८ एप पनि प्रतिबन्धमा परेका थिए। बाइटडान्सले भारतमा टिकटकको पुन प्रवेशको लागि मार्ग प्रशस्त गर्ने तयारी गरिरहेको छ।

कम्पनीले गत जुनमा भारतमा स्ट्रिमिङ सेवा फिर्ता गराउनका लागि मुम्बईको एउटा फर्मसँग सहकार्य गरिरहेको छ। स्काईस्पोर्ट्सका सीईओ शिव नन्दीले टिकटक भारतमा फिर्ता आउँदैछ भनेर पुष्टि गरेका छन्।

टिकटकले चाँडै भारतमा पुनरागमन गर्नेछ। भर्खरै प्रतिबन्धित अनलाइन मल्टिप्लेयर ब्याटल रोयल गेम बीजीएमआई पनि भारतमा पुनरागमन गर्ने तयारीमा छ।

नन्दीले इन्स्टाग्राम स्टोरीमा लेखका छन् ‘स्वतन्त्रता’ आउँछ छ। भारतको गुगल प्ले स्टोर र एप स्टोबाट बीजीएमआई हटेपछि उक्र वक्तव्य आएको हो।

प्रकाशित: २० श्रावण २०७९, शुक्रबार