Technology Khabar १९ श्रावण २०७९, बिहीबार
काठमाडौं ।
सरकारले प्रतिनिधि सभा सदस्य र प्रदेशसभाको चुनाव एकै चरणमा आउँदै मंसिर ४ गते गर्ने निर्णय गरेको छ। सरकारले निर्वाचन घोषणा गरेसँगै शुक्रबारदेखि मतदाता परिचय पत्र लिने प्रक्रिया बन्द भएको निर्वाचन आयोगले जानकारी दिएको छ।
स्थानीय तह निर्वाचनपछि गत असार १ गतेयता फेरि आयोगले मतदाता परिचय पत्र दिन थालेको थियो। असारदेखि साउन १९ गतेसम्म करिब ५ लाख मतदाता थपिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
अनलाइन र भौतिक उपस्थितिका आधारमा ५ लाख मतदाता थपिएको उनले जानकारी दिए।
आयोगले गत असार २९ गतेदेखि पाइलेट परियोजनाका रुपमा काठमाडौं उपत्यकाका ३ जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) बाट अनलाइन फाराम भरी मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको थियो।
साउन ४ गतेबाट उपत्यका बाहिरकाले पनि अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरिएको थियो।
‘मतदाता नामवलीको सम्पूर्ण डाटा अध्यावाधिक गरिएको छैन,’ प्रवक्ता पौडेले भने, ‘यो अनलाइन र भौतिक उपस्थिति दुबैको एक मूष्ठ डाटा हो।’
अनलाइन र भौतिक उपस्थितिका आधारमा मतदाना नामावली दर्ता गराउनेको छुट्टा छुट्टै डाटा प्राप्त गर्न थप समय लाग्ने उनले जानकारी दिए।
प्रकाशित: १९ श्रावण २०७९, बिहीबार